नेकपाका २२ परिवार काँग्रेसमा प्रवेश


बाजुरा । जिल्लाको पुर्वीउत्तरी भेगको बुढीनन्दा नगरपालिका–८ पाण्डुसैनको गोठी गाउँमा नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

नेकपाको अखडा रहेको उक्त टोलका २२ परिवार नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

शुक्रबार नेपाली काँग्रेस बुढीनन्दा वडा नं ८ को वडा कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा सो टोलका २२ परिवार नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेग गरेको स्थानीय लालबहादुर रोकायाले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार नेकपा पाटी परित्याग गरी समाजसेवी लामो समयदेखि नेकपामा त्याग गरेका धनबहादुर ल्वार,सुमन ल्वार,पिरु ल्वार,दले ल्वार,कलक ल्वार,खडक ल्वार,बल ल्वार, रहेका छन् ।

यस्तै नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेमा देबीलाल कठायत,बीरबले ल्वार,तारा ल्वार,ल्वार,सन्तोषी टमटा,चीन टमटा,चन्द्रा बुढा लगायतलाई नेपाली काँग्रेस महाधिवेशन तथा बुढीनन्दा नगरपालिकाका नग प्रमुख पदमकुमार गिरीले स्वागत गरेको रोकायाले बताएका छन् ।

अहिलेको दुई तिहाइको सरकारले जनताका हितमा काम नगरेको र भ्रष्टाचार लिप्त भएकाले नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको नव प्रवेशीले बताएका छन् ।

भेटघाट तथा चियापान कार्यक्रममा काँग्रेस महाधिवेशन तथा नगर प्रमुख पदमकुमार गिरीले देशम ाभएको ज्याजतीलाई अन्य र जनताको पाटी नेपाली काँग्रेस भएकाले नव प्रवेशीलाई स्वागत गरेका हुन् ।
अहिलेको दुई तिहाइको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताका हितमा हुने कार्य विपरित कार्य गर्दै गएकाले नेकपा जनताको पाटी बन्न नसकेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *