स्थानीय तह

पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । यस्तै सडकखण्डअन्तर्गत

सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

सिन्धुपाल्चोक । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई

विद्युत्को पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

पर्वत । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो । बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । अवरुद्ध भएको विद्युत् लाइन मर्मतका

दार्चुलामा पहिलोपटक ड्रागन खेती शुरु

दार्चुला । जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन खेती शुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु मिलेर ड्रागन खेती शुरु गरेका हुन् । कृषि क्याम्पस रामपुरबाट स्नातकोत्तर गर्नुभएका महेन्द्रसिह धामीको नेतृत्वमा सूचना प्रविधि इन्जिनीयर भक्तसिंह ठगुन्ना र सिभिल इन्जिनीयर कैलाश धामीलगायतको टोलीले ड्रागन फुड खेती शुरु गरेको छ । एक हजार ८०० वर्गकिलोमिटर जमीन भाडामा लिएर यो खेती

पत्रकार कुटपिट गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चार गृहमै गएर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाही हुने बताउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले घटनामा संलग्नलाई कारवाही हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “दिनेश सञ्चार गृहमा भएको आक्रमणका विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारीसँग घटनाबारे जानकारी लिएको छु, घटनामा संलग्नलाई कारबाही गर्न भनेको छु ।” महासङ्घका शाखा अध्यक्ष जगत साउदले ध्यानाकर्षण पत्र बुझाउँदै आक्रमण भएको चार दिन

नदीमा बेपत्तामध्ये एकको शव फेला

बर्दिया । बबई नदीमा एक जनाको शव आज फेला परेको छ । आइतबार रातिदेखि बेपत्ता बारबर्दिया वडा नं १ बस्ने विनोद चौधरीको शव गुलरियाको भादा नदीमा फेला परेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयोे । माछा मार्न गएका बेला बबई नदीमा डुवेर उनी बेपत्ता भएका थिए । यही भदौ २७ गते बबईमा नुहाउने क्रममा बेपत्ता भएका गुलरिया नगरपालिका वडा नं १० बस्ने २२ वर्षीय शनि थारुको अवस्था भने अझै

पत्रकार महासंघ कैलाली द्धारा मुख्यमन्त्री भट्टको ध्यानाकर्षण

धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचनलाई ध्यानाकर्षण गराएको छ । कैलालीमा पत्रकार र सनचार गृहमा पटक पटक हमला हुन थालेको भन्दै ध्यानाकर्षण गराएको हो । नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउँदले ध्यानाकर्षण बुझाउँदै सचार गृहमा आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेको बताउँदै दोषीमाथि कारवाही हुनुपर्ने माग गरे । दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै महासंघले आन्दोलन

काठेपुल भाँच्चियो, सवारी साधन आवतजावत बन्द

डोल्पा । यहाँको ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँच्चिएको छ । गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो । बीचमा पुगेलगत्तै काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीयवासी बिर्खबहादुर रोकायले जानकारी दिनुभयो । पुल भाँच्चिएपछि सवारी साधन आवतजावत ठप्प भएको छ । अब अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी र सर्वसाधारणलाई १३ किमी

दार्चुला दुहु गाउपालिका नेकपामा पहिरो सयौ नेताकार्यकर्ता कांग्रेस प्रवेश....

दार्चुला । दार्चुलामाको दुहु गाउपालिकामा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेहरुको लहर नै चलेको छ । सत्ताधारी पार्टी नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने युवाहरुको लर्को लागेको हो । दुहुँ गाउँ पालिका वाड न ५ मा नेपाल महिला संघ र नेपाल दलित संघ वडा कमिटि गठनका क्रममा नेकपा परित्याग गरि नेपाली काग्रेसमा प्रवेश हुने नव अागन्तुक द्राेपति बडाल , कलावति डडाल ,प्रेमराम भूल ,बिरेन्द्र टमटा ,भागरति कुवँर ,कर्ण बहादुर कुवँर

छोराद्वारा आमाको हत्या

दमक । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले वताउनुभयो । नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार