ओलीलाई दलको नेताबाट हटाउन प्रचण्ड–माधव पक्षलाई बहुमत नपुग्ने
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को संसदीय दलको नेताबाट पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीलाई हटाउन प्रचण्ड–माधव पक्षमा बहुमत नपुग्ने भएको छ। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता माधवकुमार नेपाल पक्षले ओलीलाई दलको नेताबाट हटाइसकेको छ। प्रचण्ड–माधव पक्षका प्रतिनिधिसभा सदस्य देव गुरुङले ओलीलाई संसदीय दलको नेताबाट हटाइसकेकाले छलफल गरेर मात्रै अगाडि बढ्ने बताए। उनले भने, ‘ओलीलाई दलको नेता मान्ने वा के गर्ने भन्ने विषयमा पार्टीले निर्णय गरेपछि