समाचार

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

कञ्चनपुर, लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन तथा किर्ते हस्ताक्षर गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिनेहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा कैलाली गाउँपालिका–३

ओली समूहद्वरा सभामुख सापकोटामाथि अविश्वास प्रस्तावको तयारी

काठमाडौँ । संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेसँगै संकटमा आएका प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षको नेकपाले सभामुखको भूमिकामा आशंका व्यक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा संसद बैठकको पूर्वसन्ध्यामा शनिबार राति ओली पक्षले रणनीतिक छलफल गरेका थिए। सो छलफलमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका शंकास्पद रहेको भन्दै उनीविरुद्घ अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि कुराकानी भएको बताइएको छ। सर्वोच्चको आदेश अनुसार आज संसदको बैठक दिउँसो ४ बजे बस्दैछ। बालुवाटारमा राति

तोलामा ५०० बढ्यो पहेंलो धातुको मूल्य

काठमाडौँ, स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको छ । मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले

दोस्रो चरणको खोप आजदेखि

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुनेछ । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप

प्रतिनिधि सभा बैठक : नेकपाका सबै सांसद सत्तापक्षकै लाइनमा

काठमाडौं । अनौपचारीक रुपमा विभाजन भएपनि निर्वाचन आयोगले आधिकारिकताको फैसला नगरेर एकै पार्टीका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुलाई संसद बैठकमा सत्तापक्षकै बेन्चमा राखिने भएको छ। नेकपा दुई चिरामा विभाजित भए पनि संसदमा भने प्रचण्ड–नेपाल र ओली पक्षका सांसदलाई सत्तापक्षकै बेन्चमा राखिने भएको हो। संसद सचिवालयका प्रवक्ता डां. रोजनाथ पाण्डेका अनुसार कानुनी रूपमा दल विभाजन नभइसकेका कारण सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नेछन्। ‘तीनवटा सेट (सत्तापक्ष, प्रतिपक्षी र मन्त्री)

नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट : बालुवाटार र ग्रेट हिमालय विजयी

काठमाडौँ, बालुवाटार क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडेमी काठमाडौँमा जारी नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगितामा आ आफ्नो खेलमा विजयी भएका छन् । धुम्बाराहीस्थित पाकिस्तानी राजदूतावासको मैदानमा आज भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई नौ विकेटले पराजित गरेको हो । मैदान ओसिलो भएका कारण खेललाई १० ओभरमा सिमित गरिएको थियो । टस जितेर ब्याटिङ गरेको बलपार्कले १० ओभरमा दुई विकेट गुमाएर १०८ रन बनायो । बलपार्कले दिएको १०९ रनको विजय

आफूहरू वैधानिक नेकपा भएको प्रचण्डको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वैधानिक नेकपा भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (चन्द समूह) का नेता दीपक अधिकारीलगायतलाई स्वागत गर्दै उनले केन्द्रीय कमिटी, संसदीय दललगायतको हिसाबका आधारमा आफूहरू नै वैधानिक भएको दाबी उनले गरेका हुन्। विप्लव समूह संघर्ष छोडेर शान्तिपूर्ण बाटोमा आएकोप्रति खुसी व्यक्त गर्दै उनले आफूले विप्लव समूह शान्तिपूर्ण बाटोमा आउने पहिल्यै भनेको बताए। उनले आफू विप्लव

धनगढीको चटकपुरस्थित फर्निचर उद्योगमा आगलागी

धनगढी । धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर उद्योगमा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल तथा एउटा स्काभेटरका सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले झण्डै दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट करोडभन्दा बढीको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् । सञ्चालकका अनुसार उद्योगमा बेल्डिङको काम

विस्फोटमा परी पाकिस्तानमा पाँच सर्वसाधणको मृत्यु

काठमाडौँ। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ। अरु पाँच जना घाइते भएका छन्। बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन्। विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन्। उनीहरू यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो। सो सवारी साधन उक्त सडकमा राखिएको धरापमा परेपछि विस्फोट भएको थियो। उक्त प्रान्तको बाबर काँच जिल्लामा सो विस्फोट भएको उक्त जिल्लाका

वार्षिक रक्षा बजेटका लागि चीनमा झण्डै २४ लाख करोड रुपैयाँ निकासा

काठमाडौं। चीनमा शुक्रबारदेखि वार्षिक संसद बैठक बस्न सुरु गरेको छ। यो बैठक एक हप्तासम्म चल्ने समाचारमा जनाइएको छ। संसद बैठकमा सहभागी हुन देशभरबाट ५ हजार सांसदहरु उपस्थित भएका छन्। बैठकमा चीनले अमेरिका तथा भारतसँग भएको गतिरोधसहित विभिन्न मुद्दामा छलफल गर्ने जनाइएको छ। चीनले यस बैठकबाट सन् २०२१ का लागि आफ्नो रक्षा बजेटमा विश्वले अनुमान गरेको भन्दा ठूलो हिस्सा वृद्धि गरेको छ। गत वर्ष २३.३६ लाख करोड रुपैयाँ रक्षा बजेटका लागि