समाचार

डीसीमा गायक शिव परियारको धमाका

२ नोभेम्बर, न्यूयोर्क । नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् । उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए । उनले जुन जुन गीत गाए हरेकमा गीत को बारेमा

बदर मत रोक्न गोरखामा नमूना मतदान

१७ कात्तिक, गोरखा । बिहीबार गोरखा क्याम्पस गोरखामा मतदान भइरहेको थियो । मानिसहरु लाइनवद्ध भएर पालैपालो मतदान गरिरहेका थिए । मतदान स्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सुरक्षा सतर्कता अपनाउँदै मतदाताहरुको चेकजाँच गर्दै थिए । अति सम्वेदनशील मानिएको उक्त मतदान स्थलमा बाक्लै मात्रामा म्यादी प्रहरीसहित सुरक्षा टोली खटाइएको थियो । यस्तो दृश्य देखेर कतिपय अचम्ममा परे । तर यो मतदातालाई चुनावमा भोट हाल्दा नझुक्किउन भनेर गरिएको नमूना मतदान थियो । आसन्न निर्वाचनमा

१२८ सांसदका लागि ५ सय बढी उम्मेदवार, प्रदेश सभामा ८८३

१६ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाका १५८ सिटमा आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि विहीबार ५२२ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी २५६ जना प्रदेशसभा सदस्यका लागि ८८३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार विहीबार साँझ ६ बजेसम्मको तथ्यांकअनुसार प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाको उम्मेदवारी परेको हो । कतिपय जिल्लामा उम्मेदवारी दर्ताको क्रम साँझसम्म जारी रहेकाले यो संख्या अझै केही बढ्न सक्ने आयोगले जनाएको छ ।

एएफसी यू-१९ छनोट फुटबलमा नेपाल किर्गिस्तानसँग पराजित

१४ कात्तिक, काठमाडौं । एएफसी यू-१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले घरेलु टोली किर्गिस्तानसँग दुई शून्य गोलको पराजय ब्यहोरेको छ । किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोक रंगशालामा नेपालले खेल सुरु भएको २१औं मिनेटमै गोल खाएको थियो । नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै घरेलु टोलीका स्ट्राइकर बोरुबाइभ गुल्झिगितले गोल गरे । त्यसयता नेपालले गोल गर्न सकेन । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि नेपालले खेलको अन्तिम मिनेटमा दोस्रो गोल खायो ।

बागदरबार भत्काएर यस्तो बनाइँदैछ महानगरको नयाँ भवन

१४ कात्तिक, काठमाडौं । काठमाडौं माहनगरपालिको पुरतात्विक र एतिहासिक बागदरबार भत्काएर बनाउने नयाँ भवनको प्रस्तावित डिजाइन सार्वजनिक गरेको छ । बागदरबार भत्काउने/नभत्काउनेबारे विवाद भइरहेकै समयमा काठमाडौं महानगरपालिकाले नयाँ भवनको डिजाइन सार्वजनिक गरेको हो । यसमा अहिले भत्काउन लागिएको बागदरबारको बाहिरी डिजाइनलाई पनि समावेश गरिएको छ । भवनको बाहिरी मोहडा तीन वटा मौलिकता झल्कने गरि डिजाइन गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए । तर, भित्री डिजाइनहरु भने आ-आफ्नै मौलिकता झल्कने प्रकारको हुने