समाचार

कोरोना सङ्क्रमितको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुषको पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । क्यान्सरका बिरामी रहेका ती व्यक्ति भदौ २५ गते अस्पताल भर्ना भएकामा २८ गते कोरोना पुष्टि भएको थियो । उनको सोमबार राति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । पछिल्लो विवरणअनुसार प्रदेशमा चारजना कोरोना

अकूत कमाएको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गते सम्मको अवधिमा रु सात करोड ७१ लाख ९२ हजार ८६० बराबरको गैरकानूनी आर्जन गरेको पाइएको छ । आयोगका अनुसार दासको वैध आय

ग्रामीण भेगमा बिजुली विस्तार

दमौली । तनहुँको घिरिङ गाउँपालिका–२ को ग्रामीण भेग काठेकोटमा बिजुली विस्तार गरिएको छ । हालसम्म विद्युत् सुविधा नपुगेको उक्त ठाउँमा पहिलो पटक बिजुली विस्तार भएको हो । हालसम्म टुकी र मैनबत्तीको सहारामा बस्दै आएका स्थानीयवासी घरमै बत्ती आएपछि खुशी भएका छन् । घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले काठेकोटका ४२ घरमा बत्ती बालिएको जानकारी दिनुभयो । “घिरिङलाई उज्ज्यालो बनाउने अभियानअन्तर्गत विभिन्न ठाउँमा विद्युतीकरणको काम तीव्र रूपमा भइरहेको छ”, उहाँले

पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । यस्तै सडकखण्डअन्तर्गत

सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

सिन्धुपाल्चोक । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई

कार्यकर्ता तानातानमा नेकपा र कांग्रेसबीच होडबाजी

खोटाङ । नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो । भदौ २७ गते नेकपा खोटाङले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बतासेको बदला लिनेगरी बृहत् कार्यक्रम गर्यो । खार्मीमा आयोजित कार्यक्रममा कांग्रेसका ८६ कार्यकर्तालाई नेकपाले पार्टी प्रवेश गरायो । नेकपा र कांग्रेसले

विद्युत्को पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

पर्वत । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो । बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । अवरुद्ध भएको विद्युत् लाइन मर्मतका

दार्चुलामा पहिलोपटक ड्रागन खेती शुरु

दार्चुला । जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन खेती शुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु मिलेर ड्रागन खेती शुरु गरेका हुन् । कृषि क्याम्पस रामपुरबाट स्नातकोत्तर गर्नुभएका महेन्द्रसिह धामीको नेतृत्वमा सूचना प्रविधि इन्जिनीयर भक्तसिंह ठगुन्ना र सिभिल इन्जिनीयर कैलाश धामीलगायतको टोलीले ड्रागन फुड खेती शुरु गरेको छ । एक हजार ८०० वर्गकिलोमिटर जमीन भाडामा लिएर यो खेती

पत्रकार कुटपिट गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चार गृहमै गएर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाही हुने बताउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले घटनामा संलग्नलाई कारवाही हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “दिनेश सञ्चार गृहमा भएको आक्रमणका विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारीसँग घटनाबारे जानकारी लिएको छु, घटनामा संलग्नलाई कारबाही गर्न भनेको छु ।” महासङ्घका शाखा अध्यक्ष जगत साउदले ध्यानाकर्षण पत्र बुझाउँदै आक्रमण भएको चार दिन

दीर्घरोगका बिरामीको निःशुल्क पिसीआर परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने विभिन्न खालका दीर्घरोगका बिरामिको आजदेखि कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ । नेपाल सरकारबाट तोकिएका क्यान्सर, मृगौलाको डायलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीको निःशुल्क पिसीआर परीक्षण गर्ने निर्णय गरिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । उपमहानगरपालिकाले यस खालको सुविधा उपमहानगरपालिकाभित्र बसोबास गर्ने नगरवासीलाई प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख सुवेदीले बताउनुभयो । यो