समाचार

कांग्रेस उप–सभापति गच्छदारको सबै सम्पत्ति रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बालुवाटारको ललितानिवास जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस उप–सभापति विजयकुमार गच्छदारको सबै सम्पत्ति रोक्का गरेको छ । प्रारम्भिक अनुसन्धानमा सम्पत्तिको वैधता नदेखिएपछि विभागले गच्छदार, उनकी श्रीमती निर्मला गच्छदार र दुई छोराको नाममा भएको सबै सम्पत्ति रोक्का गरेको हो । अन्य व्यक्तिको नाममा लुकाएको सूचना प्राप्त भएको छ, त्यसमा अनुसन्धान टोलीले अध्ययन गरिरहेको छ विभाग स्रोतका अनुसार गच्छदार र परिवारको नाममा रहेको बैंक खाता, घरजग्गा,

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्ना सांसदले पाएको दसैं भत्ता फिर्ता गर्ने भएको छ । पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको काँग्रेसले जनाएको छ । त्यसका लागि संसदीय दलले केही समयमै दसैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताए । संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सांसदको दसैंभत्ता फिर्ताका लागि निर्देशन दिएको छ । दसैंभत्ता फिर्ताका लागि संघीय संसद्

४४ नं.गण दार्चुलाका ४० जना सशस्त्र प्रहरी  कोरोना मुक्त

दार्चुला,  सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका ४० जना सशस्त्र प्रहरीले एकैपटक कोरोना जितेका छन् । उनीहरुको दोस्रो पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोहन महराले जानकारी दिए । असोज २० गते डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ४१ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएका ४१ मध्ये ४० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको उहाले बताए । एक जना भने

सुरनयाँ गाउँपालिका अध्यक्षमाथि कुटपिट गर्नेलाई कारवाहीको माग

  काठमाडौँ : नेपाली काँग्रेसले पार्टीको जिल्ला कार्यसमिति, बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिटको घटनामा सम्लग्न व्यक्तिको तत्काल खोजी गरी कारवाही गर्न सरकारसँग माग गरेको छ। काँग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज वक्तव्यमार्फत अध्यक्ष विष्टलाई निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाको दुई दिन बितिसक्दा पनि कुनै कारवाही नगरेको भन्दै दुःख व्यक्त गरेको छ। गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधिमाथिको आक्रमणमा सम्लग्न व्यक्तिको तत्काल खोजी

प्रहरी दिवसको दिन चार लाख घुससहित हवल्दार पक्राउ, डिएसपी पनि छानबिनमा

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले प्रहरी हवल्दारलाई चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । सियारी गाउँपालिका–७ स्थित खनाल मिठाइ पसलबाट हवल्दार शिवचन्द्र साहनी र उनकी पत्नी निर्मला केवटलाई रंगेहात पक्राउ गरेको हो । प्रहरी दिवसकै दिन हवल्दार घुससहित पक्राउ परेका हुन् । पक्राउ परेका एक अभियुक्तलाई छुटाइदिने भन्दै उनले घुस लिएका थिए । सो प्रकरणमा इप्रका बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरमाथि समेत छानबिन हुने आयोगका एक अधिकारीले बताए

१७ किलोग्राम अवैध यार्सागुम्बा सहित एक जना पक्राउ

दार्चुला, कार्तिक ०२ गते स् १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सदरमुकाम खलंगाको घाट बजारबाट शनिवार दिउसो ३ बजेतिर हुम्ला जिल्ला नाम्खा गाउँपालिका–३ का ३५ वर्षिय डोकार लामालाई अवैध यार्सागुम्बा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिनुभयो । झोला बोकी हिडिरहेका लामा माथी प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट अवैध यार्सागुम्बा

नवरात्र सुरु : कुन दिन कुन देवीको पूजा ?

आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको स्मरणमा मनाइने नवरात्र शनिबारदेखि सुरु भएको छ । एक महिना लामो मलमास शनिबार बिहान १ बजेर ५३ मिनेटमा सकिएसँगै शारदीय नवरात्रको सुरुवात हुने भएको हो । दूर्ग नाम गरेको ऋषिलाई वध गरेको आधारमा दूर्गा नाम राखिएकी देवीको नौ वटा स्वरूपलाई पूजा गरेर नवरात्र मनाउने गरिन्छ । नवरात्र सकिएपछि देवीले आसुरी शक्तिको वध गरेको स्मरणमा विजयको टीका लगाएर यो पर्व सम्पन्न गर्ने गरिन्छ, यस्तो टीका कतै

कार्यकक्षमै ढलेको अवस्थामा भेटिएका रिलायन्स लाइफ इन्स्योरेन्स महेन्द्रनगरका शाखा प्रमुखको मृत्यु

धनगढीः कार्यकक्षमै ढलेको अवस्थामा भेटिएका रिलायन्स लाइफ इन्स्योरेन्स महेन्द्रनगरका शाखा प्रमुखको मृत्यु भएको छ। शुक्रबार दिउँसो कार्यकक्षमा ढलेको अवस्थामा भेटिएका शाखा प्रमुख बैतडीको सुर्नया गाउँपालिकाका ३५ वर्षीय गणेश साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले कार्यकक्षमै ढलेको अवस्था भेटिएका साउँदको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको बताए। साउँद वान्ता गरी ढलेको अवस्थामा भेटिएको खबरपछि उद्दार गरेर उपचारका लागि धनगढी पठाइएको

भान्सामै पाइन्छन यती धेरै ओखती

हामीले खाने परम्पारगत थाली यसरी तयार भएको छ कि, त्यसमा स्वाद र पोषण दुबै छ । अमिलो, पिरो, नुनिलो, टर्रो, तीतो सवैथरी स्वाद । स्वाद मात्र कहाँ हो र रु औषधिय गुणले पनि भरिपूर्ण छ हाम्रो भन्सा । भान्साका मरमसलाको औषधिय गुण जीरा : जीराले खाना पचाउन मद्दत गर्छ । यसले पेटमा ग्याँस बढ्ने समस्यामा ठूलो राहत दिन्छ । धनियाँ : धनियाँले खाना पचाउन सहयोग गर्छ । यसले एसिडिटी, पिसाब

पोखरामा बेखर्ची पारस

पूर्वराजा ज्ञानेन्द्रका बालसखा प्रभाकर राणालाई जब पारसको खबरले झस्कायो, तब उनी स्तव्ध भए । प्रभाकरले सोचेका थिएनन्, पारस अहिले पनि त्यो हदसम्म ओर्लिएर कोहीमाथि जाइलाग्छन् । घटना पोहोरकै हो । पूर्वयुवराज पारसलाई पोखरामा पैसाले साह्रै मुस्किल भएपछि बाबु ज्ञानेन्द्रलाई फोन गरे । उनले साथी प्रभाकरलाई फोन गर्न भनेअनुसार पारसले त्यसै गरे । पारसले आफूलाई बुबाले फोन गर्न भनेको कुरा सुनाउनेबित्तिकै यताबाट प्रभाकरले भने, ‘सरकार फिस्टेल लजमा सवारी होस्, मैले त्यहाँ