१० लाख डोज खोप आज नेपाल आउँदै
काठमाडौं। कोरोना भाइरस कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’को १० लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा= समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट साढे १ बजेको एयर इण्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौं आइपुग्ने जानकारी दिए। उनका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउने भएको हो। यसअघि गत माघ









