पानी भरिएपछि यस्तो देखियो रानीपोखरी
काठमाडौँ । भूकम्पपछि पुर्ननिर्माणको लागि सुकाइएको रानीपोखरीमा करिब ५ वर्षपछि फेरि पानी भरिएको छ । एक समय कुरुप चौरमा परिणत भइसकेको रानी पोखरी फेरि लोभलाग्दो देखिएको छ । पोखरीको पानी जम्ने सतहसँगै वरिपरि पर्खाल परम्परागत शैलीमा बनाएर २ दिनदेखि केयूकेएल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले यसमा करिब पौने ३ करोड लिटर पानी भरिसक्यो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर रमाजुमान मानन्धरका अनुसार भोलि साँझसम्म रानीपोखरीमा पानी पुरै भरिनेछ । भर्नका निम्ति करिब