कर्णालीमा देखिएको विवाद समाधान गर्ने विषयमा ओली र दाहालबीच फेरी विवाद सुरु
सुर्खेत । कर्णाली प्रदेश सरकारको विवाद समाधान कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका बीचमा विवाद देखिएको छ । कर्णालीको विवाद समाधानका लागि छलफल गर्न कार्यकारी अध्यक्ष दाहाल मंगलबार बिहान बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली प्रदेशको विवाद केन्द्रबाटै समाधान गरिदिन प्रस्ताव गरेका थिए । तर, दाहालले प्रदेशको विवाद प्रदेशले नै मिलाउनु उचित हुने जवाफ दिएपछि दुई अध्यक्षका बीचमा विवाद बढेको हो । प्रदेश सरकार