इन्फ्रास्ट्रक्चरको आईपीओमा १.३१ गुणा बढी आवेदन


अहिलेसम्म ठुलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९ल्क्ष्ँच्ब्० को आईपीओमा करिब १० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । माघ ६ गतेसम्म आवेदन खुल्ला भएपनि आइतबार सम्ममा ८ लाख २ हजार ७०८ वटा आवेदनबाट १० अर्ब रुपैयाँ बराबरको शेयर माग भएको हो।

आईपीओमा ९ करोड ९४ लाख ६ हजार ७४० कित्ता अर्थात ९ अर्ब ९४ करोड ६ लाख ७४ रुपैयाँ बराबरको आवेदन परेको बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । उक्त आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको १।३१ गुण बढी हुन आउछ ।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *