सुदूरपश्चिम प्रदेश

गोपाल हमालको उम्मेदवारीले धनगढीलाई के फरक पर्छ ?

विवेकशील साझा पार्टीका प्रदेश संयोजकको पदसहित पार्टी परित्याग गरेर व्यवसायी गोपाल हमालले स्वतन्त्र रूपमा  मेयरमा उम्मेदवारी दिने घोषणा गरेपछि धनगढीको राजनीतिमा एक किसिमको तरङ्ग आएको छ।त्यसमाथि भारतको पाँच प्रदेशको निर्वाचनमा पञ्जाबमा वैकल्पिक राजनीतिक दल आपले राम्रैसँग जितेकाले पनि यहाँका वैकल्पिक राजनीतिक धारका मानिशहरू निकै उत्साहित देखिन्छन्। २०७४ सालको स्थानिय तहको निर्वाचनमा वर्तमान मेयर नृप वडसँग पराजित हमाल भन्नुहुन्छ, ‘गत निर्वाचनमा दोस्रो स्थान हासिल गरेपनि मैले आफूलाई विजेताकै रूपमा लिएको थिएँ

सु. प. सामुदायिक अस्पतालले गर्याे विशेषज्ञ सेवा संचालन

खेम भट्ट ,अत्तरिया ।सुदुरपस्चिमान्चल सामुदायिक अस्पतालको बिसेसज्ञ सेवा प्रदान गर्दै अाईरहेकाे  । गोदावरी नगरपलिका वार्ड नम्बर १ बनखेत अत्तरिया स्थित बिगत ८ बर्ष देखि संचालनमा रहेको सामुदायिक अस्पताल बिसेसज्ञ डाक्टर सेवा सहित संचालन हुन लागेको हो ।थप सेवा र सुबिधाका साथ स्थानीयको सस्तो र सहि रुपमा उपचार हुनु आफ्नो उदेश्य रहेको अस्पतालका संचालक समितिका अध्यक्ष आनन्द प्रसाद भट्टले बताएका छन । प्रयाप्त स्वास्थ्य सामाग्री हुदा पनि जनशक्ति अभावका स्थानीयले स्वास्थ्य

उद्योगी हमालले गरे धनगढीको मेयरमा उम्मेदवारी घोषणा

धनगढी । सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरका लागि उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।दोस्रो पटक धनगढीको मेयरमा चुनाव लड्न लागेका हमालले धरै समर्थकहरूका बीच उम्मेदवारी घोषणा गरे । उनी यसअघिको स्थानीय तहको चुनावमा पनि स्वतन्त्र रूपमा उम्मेदवार बनेका थिए । यद्यपि उनी त्यसबेला पराजित भए । उनले अन्तिम पटक उम्मेदवारी दिएको बताउँदै भने,

सूर्यालाइफ अत्तरियाले गर्यो अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम

सूयालाइफ इन्स्योरेन्स क.लि अत्तरिया शाखाले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । रबिन्द्र हमालको अधक्ष्यतामा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथि र शैलेश कुमार क्षेष्ठ बिशिष्ट अतिथी रहनु भएकोे थियो भने कार्यक्रम संचालन शाखा प्रमुख नरेश भट्ट ले गर्नुभएको थियो । बिमा क्षेत्र युवा हरुका लागी राम्रो ष्लेट फर्म भएकोर चाहे जती आम्दानी गर्न सकिने स्वतन्त्र पेशा भएको र देशका दुरदराज सम्म बिमाको पहुच पुगाउनमा

बैतडीका डम्बर हत्या प्रकरण : दुई शिक्षक पक्राउ

बैतडी, बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो । उहाँले भन्नुभयो, “पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौँ ।” पक्राउ परेका दुवैजना

डडेल्धुरामा हिमपात : जनजीवन कष्टकर, यातायात सेवा प्रभावित

डडेल्धुरा, बदलिँदो मौसमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण तराईपहाड आवातजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । हिमपात जारी रहेकाले यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ । बिहीबारदेखि लगातारको हिमपातका कारण विभिन्न पहाडी राजमार्गहरुमा सयौँ यात्रु अलपत्र परेका छन् । मौसम बदली भई लागातार भइरहेको हिमपातले जनजीवन कष्टकर हुनाका साथै यातायातका साधन बन्दले गर्दा यात्रु बीच बाटोमै अलपत्र

उच्च अदालतले उल्टायो बलात्कारका दुई मुद्दा

डोटी, कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ । पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो । घरमा श्रीमती हुँदाहुँदै ती महिलालाई प्रलोभनमा पारी झुक्याइ जबरर्जस्ती करणीसमेत गरेको भन्ने आरोपको वस्तुनिष्ट प्रमाण नभएको र त्यसलाई पुष्टि गर्ने आधार पनि नभएको भन्दै विसं २०७७ असार

घट्यो बैतडीको जनसङ्ख्या

बैतडी, बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो । विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार ४०० पुगेको छ । दश वर्षमा ६ हजार ४९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताउनुभयो । सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या पुर्चौडी नगरपालिकामा रहेको छ

डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

डोटी, जिल्लामा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ । रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।” अस्पतालमा बिरामीले रगतको व्यवस्था आफै गर्नुपर्ने हुन्छ

बाइस किलोग्राम चरेश बरामद

महेन्द्रनगर, कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे अवस्थामा बरामद गरिएको बताउनुभयो । इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उक्त चरेश मोटरसाइकलमा राखेको अवस्थामा भेट्टाएको प्रवक्ता शाहको भनाइ छ । “ चरेशबारे विस्तृतमा अनुसन्धान हुदैछ”, उहाँले भन्नुभयो,“ अनुसन्धानबाट सबै कुरा बाहिर आउछ