बागमती प्रदेश

बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिभुवन विश्वविद्यालयको वर्षे विदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा २३ दिन दिने भएको छ । त्रिवि कार्यकारी परिषद्को बैशाख १४ गते बसेको बैठकले चालु शैक्षिक सत्रको वर्षे विदा २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्म २३ दिन दिने निर्णय गरेको हो । विश्वविद्यालय रजिस्ट्रार कार्यालयले बिहीबार एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको वर्षे विदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने जनाएको छ

एमालेबाट काठमाडौंका मेयरमा केशव स्थापित, उपमेयर सुनिता डंगोल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले काठमाडौँ महानगरपालिकामा केशव स्थापितलाई मेयर उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले स्थापितलाई मेयर पदमा उठाउने निर्णय गरेको हो । त्यस्तै, उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। उनी पूर्व मिस नेवा हुन्।

पति एकीकृत समाजवादीबाट मन्त्री, पत्नी एमालेबाट काठमाडौंको मेयरमा सिफारिस

काठमाडौं महानगरपालिकाको मेयर पदकालागि एमालेबाट इन्दिरा पन्त सिफारिस भएकी छन्। एमाले महानगरले ५ जनाको नाम सिफारिस गरेकोमा जिल्लाले कमिटीको बैठकले मेयरमा तीनजनाको नाम सिफारिस गरेको हो । मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित र इन्दिरा पन्तको नाम जिल्ला कमिटीले सिफारिस गरेको हो । महानगरमा नयाँ अनुहारका रुपमा पन्तको नाम सिफारिस भएको छ । पन्त भने एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् । पन्त प्रदेशमन्त्री वसन्त मानन्धरकी श्रीमती पनि हुन्। उनका श्रीमान

काठमाडौं महानगरपालिकामा सृजना सिंहलाई  काँग्रेसबाट मेयरको उम्मेदवार बनाउने सहमति

काठमाडौं। नेपाली काँग्रेसले सृजना सिंहलाई काठमाडौं महानगरपालिकामा पार्टीका तर्फबाट मेयरको उम्मेदवार बनाउने सहमति बनाएको छ । आज बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सिंहको नाममा सहमति बनाएको हो । सिंहको नाममा सहमति भएपनि भोलि विहान मात्र औपचारिक घोषणा हुने बुझिएको छ । ललितपुर र विराटनगरमा भने सहमतिको प्रयास जारी छ । दुवै महानगरपालिकामा नयाँ उम्मेदवारलाई अगाडि बढाउनेबारे छलफल भइरहेको बुझिएको छ । २०३२ सालमा काँग्रेसको क्रियाशील सदस्य बनेकी सृजना सिंहले

विश्व वित्तिय सप्ताह अन्तरगत प्रभु क्यापिटलले सम्पन्न गर्यो नेपालमै पहिलो पटक Inter-College Financial Quiz Competition-2022

काठमाडौ ।प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा सञ्चालन भइराखेको ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमै पहिलो पटक Inter-College Financial Quiz Competition-2022 कार्यक्रम आयोजना सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनि विक २०२२ मा पूँजीबजार तर्फका संयोजक श्री डा. नवराज अधिकारी प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका निर्देशक श्री मुक्तिनाथ सापकोटा ज्यू तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रवक्ता

सिईओ काे दवाव थेग्न नसकेर सगरमाथा ईन्स्युरेन्सका  दर्जन कर्मचारीद्धारा राजिनामा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका एक दर्जन कर्मचारीले राजिनामा दिएका छन् । कम्पनीका सिईओ चंकी क्षेत्रीको दवाव थेग्न नसकेपछि राजिनामा दिएका हुन् । पछिल्लो पटक राजिनामा दिनेहरुमा विभागीय प्रमुख समेत रहेको जनाइएको छ । कम्पनी स्रोतका अनुसारले केहीको राजिनामा स्वीकृत भएपनि केहीको भने अझै बाँकी रहेको जनाइएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका सूचना अधिकारी विश्वनाथ अधिकारीले केही कर्मचारीहरुले राजिनामा दिएको स्वीकार गरे । उनले कर्मचारीहरुले राजिनामा दिनु नियमित प्रक्रिया भएकोले

यूनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक, के के छन बिशेषता

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन बर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ ।बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ । कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा योजना न्युन आय भएका ब्यक्तिहरु देखि अधिक आय भएका ब्यक्तिहरुले खरिद गर्न सक्ने देखिएको छ । न्यूनतम रु. ५० हजार

राप्रपाका निवर्तमान अध्यक्ष थापाद्वारा पार्टी परित्याग

बाग्मती, राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो । “अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ

पैँतिस लाख ६८ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ, नेपाल प्रहरीले रु ३५ लाख ६८ हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौँ स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवम् सञ्चालकलाई आर्थिक लाभ

विदेशबाट फर्किएकै दिन विमानस्थलमै विद्युतीय अपराध कसुरमा पक्राउ

काठमाडौँ, विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका–७ बस्ने ३१ वर्षीय मुक्ति खनाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । उनले म्यासेन्जरमा कुराकानी गरी ललाई फकाई, धाकधम्की र प्रलोभनमा पारी महिलाको नग्न तस्वीर र भिडियो प्राप्त गरी निज महिलाका आफन्तलाई