स्थानीय तह

नदीमा बेपत्तामध्ये एकको शव फेला

बर्दिया । बबई नदीमा एक जनाको शव आज फेला परेको छ । आइतबार रातिदेखि बेपत्ता बारबर्दिया वडा नं १ बस्ने विनोद चौधरीको शव गुलरियाको भादा नदीमा फेला परेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयोे । माछा मार्न गएका बेला बबई नदीमा डुवेर उनी बेपत्ता भएका थिए । यही भदौ २७ गते बबईमा नुहाउने क्रममा बेपत्ता भएका गुलरिया नगरपालिका वडा नं १० बस्ने २२ वर्षीय शनि थारुको अवस्था भने अझै

पत्रकार महासंघ कैलाली द्धारा मुख्यमन्त्री भट्टको ध्यानाकर्षण

धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचनलाई ध्यानाकर्षण गराएको छ । कैलालीमा पत्रकार र सनचार गृहमा पटक पटक हमला हुन थालेको भन्दै ध्यानाकर्षण गराएको हो । नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउँदले ध्यानाकर्षण बुझाउँदै सचार गृहमा आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेको बताउँदै दोषीमाथि कारवाही हुनुपर्ने माग गरे । दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै महासंघले आन्दोलन

काठेपुल भाँच्चियो, सवारी साधन आवतजावत बन्द

डोल्पा । यहाँको ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँच्चिएको छ । गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो । बीचमा पुगेलगत्तै काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीयवासी बिर्खबहादुर रोकायले जानकारी दिनुभयो । पुल भाँच्चिएपछि सवारी साधन आवतजावत ठप्प भएको छ । अब अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी र सर्वसाधारणलाई १३ किमी

दार्चुला दुहु गाउपालिका नेकपामा पहिरो सयौ नेताकार्यकर्ता कांग्रेस प्रवेश....

दार्चुला । दार्चुलामाको दुहु गाउपालिकामा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेहरुको लहर नै चलेको छ । सत्ताधारी पार्टी नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने युवाहरुको लर्को लागेको हो । दुहुँ गाउँ पालिका वाड न ५ मा नेपाल महिला संघ र नेपाल दलित संघ वडा कमिटि गठनका क्रममा नेकपा परित्याग गरि नेपाली काग्रेसमा प्रवेश हुने नव अागन्तुक द्राेपति बडाल , कलावति डडाल ,प्रेमराम भूल ,बिरेन्द्र टमटा ,भागरति कुवँर ,कर्ण बहादुर कुवँर

छोराद्वारा आमाको हत्या

दमक । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले वताउनुभयो । नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार

सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, सभामुख सिन्धुपाल्चोक आउँदै

सिन्धुपाल्चोक । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । “ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, शेर्पाले भन्नुभयो । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिनुभयो । नागपुजेमा कम्तीमा आठ घर

पहिरोले तीन घर पुर्यो, एकको मृत्यु

बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उहाँका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते हुनुभएको छ । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उहाँलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ । बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीवोटका तीन घरमा क्षति पुर्याएको

पत्रकार कुट्नेलाई पक्राउ गर्न महासङ्घद्वारा प्रशासनलाई अल्टिमेटम

नगढी । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ । पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष जगत साउदले बताउनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ बोहराले दोषीलाई आजसम्म पक्राउ गर्ने आश्वासन दिनुभएको छ । “हामीले सम्पूर्ण तरिकाले अनुसन्धान गरेका छौँ”, उहाँले भन्नुभयो “आइतबारसम्म

दिनेश सञ्चार गृहमा आक्रमण गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता

धनगढी। दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर( ५ बस्ने कुवेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा लगायतका २० जनाविरुद्ध जाहेरी दर्ता भएको हो। सार्वजनिक हितविरुद्धको कसुरमा जाहेरी दर्ता भएको हो। कार्यालयमै पुगेर कुटपिट भएको २० घण्टा पुगेपनि प्रहरीले भने कसैलाई

कृषिजन्य सामग्री गाउँपालिकाले खरिद गरिदिने

गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो । गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री सङ्कलन गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो । महिला समूहले बनाएका मासको दाल र सेतो कर्कलोबाट निर्माण गरिएको