स्थानीय तह

आगलागीबाट घर जलेर नष्ट

बलेवा । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ । घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । उहाँको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो । स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य

कालिकोट कोरोना मुक्त

मान्म । कालिकोट कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएको सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताउनुभयो । कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र २ हजार ६६१

चट्याङ लागेर एक बालिकाको मृत्यु

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढीमा वडा कार्यालय सिल

धनगढी । धनगढी उप–महानगरपालिकाको वडा कार्यालय सिल गरिएको छ। वडा नम्वर १४ को कार्यालयमा कार्यारत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको हो। असोज ३ गतेसम्मका लागि कार्यालय सिल गरिएको वडा अध्यक्ष रामबजारी चौधरीले जानकारी दिए। उनले ३ गतेसम्म कार्यालयबाट कुनै पनि सेवा प्रवाह नहुने जानकारी दिए। उनका अनुसार शुक्रबार पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा नमुना संकलन गरिएकोमा ती कर्मचारीमा सोमवार संक्रमण पुष्टि भएको हो।

किसान आन्दोलन : चियाको न्यूनतम मूल्य दिलाउने प्रतिबद्धता

इलाम । हरियो चियापत्तीको मूल्य तोकिएबमोजिम नपाएको भन्दै आन्दोलनमा रहेका किसानलाई सूर्योदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ । नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ उद्योगीले दिनुपर्ने छ तर कोरोनाको बहाना बनाउँदै अधिकांश चिया उद्योगीले ४० रुपैयाँ दिइरहेका छैनन् । उद्योगीसँग समन्वय गरेर नगरपालिकाले कार्यविधिमा तोकिएबमोजिमको चियाको मूल्य दिनुपर्ने

ग्रामीण भेगमा बिजुली विस्तार

दमौली । तनहुँको घिरिङ गाउँपालिका–२ को ग्रामीण भेग काठेकोटमा बिजुली विस्तार गरिएको छ । हालसम्म विद्युत् सुविधा नपुगेको उक्त ठाउँमा पहिलो पटक बिजुली विस्तार भएको हो । हालसम्म टुकी र मैनबत्तीको सहारामा बस्दै आएका स्थानीयवासी घरमै बत्ती आएपछि खुशी भएका छन् । घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले काठेकोटका ४२ घरमा बत्ती बालिएको जानकारी दिनुभयो । “घिरिङलाई उज्ज्यालो बनाउने अभियानअन्तर्गत विभिन्न ठाउँमा विद्युतीकरणको काम तीव्र रूपमा भइरहेको छ”, उहाँले

पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । यस्तै सडकखण्डअन्तर्गत

सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

सिन्धुपाल्चोक । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई

विद्युत्को पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

पर्वत । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम शर्माको पोलबाट खसेर मृत्यु भएको हो । बाग्लुङ नगरपालिका–१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । अवरुद्ध भएको विद्युत् लाइन मर्मतका

दार्चुलामा पहिलोपटक ड्रागन खेती शुरु

दार्चुला । जिल्लाको नौगाड गाउँपालिकामा पहिलोपटक ड्रागन खेती शुरु गरिएको छ । नौगाड गाउँपालिका–६ को मलानमा ग्रीनल्याण्ड कषि तथा पशु फार्म दर्ता गरेर कृषि क्षेत्रका विज्ञ तथा इन्जिनीयरहरु मिलेर ड्रागन खेती शुरु गरेका हुन् । कृषि क्याम्पस रामपुरबाट स्नातकोत्तर गर्नुभएका महेन्द्रसिह धामीको नेतृत्वमा सूचना प्रविधि इन्जिनीयर भक्तसिंह ठगुन्ना र सिभिल इन्जिनीयर कैलाश धामीलगायतको टोलीले ड्रागन फुड खेती शुरु गरेको छ । एक हजार ८०० वर्गकिलोमिटर जमीन भाडामा लिएर यो खेती