डडेल्धुरामा हिमपात : जनजीवन कष्टकर, यातायात सेवा प्रभावित
डडेल्धुरा, बदलिँदो मौसमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण तराईपहाड आवातजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । हिमपात जारी रहेकाले यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ । बिहीबारदेखि लगातारको हिमपातका कारण विभिन्न पहाडी राजमार्गहरुमा सयौँ यात्रु अलपत्र परेका छन् । मौसम बदली भई लागातार भइरहेको हिमपातले जनजीवन कष्टकर हुनाका साथै यातायातका साधन बन्दले गर्दा यात्रु बीच बाटोमै अलपत्र