ग्लोबल आईएमई बैंकको वित्तीय विवरण नै झूठो, राष्ट्र बैंकले खोतल्दा कृत्तिम ऋण र फर्जी कागज !


काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकले प्रकाशन गर्ने गरेको वित्तीय विवरण नै झूठो हुने गरेको तथ्य फेला परेको छ । बैंकको वित्तीय विवरणमाथि आशंका लागेपछि केन्द्रीय बैंकले छुट्टै अनुगमनको क्रममा वित्तीय विवरणमा गम्भिर त्रुटीहरु मात्रै नभई नियतबस झूठा विवरणहरु समावेश गरेर जनतालाई भ्रम छरेको प्रमाणित भएसँगै केन्द्रीय बैंकले कारवाही गर्ने निर्णय गरेको छ ।

केन्द्रीय बैंक स्रोतका अनुसार ग्लोबल आईएमई बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख भएको मुनाफा र निस्क्रिय कर्जामा गम्भिर प्रकृतिको फरक पाइएको छ । तीन प्रतिशतभन्दा माथि पुगिसकेको खराव कर्जालाई बैंकले १.४५ प्रतिशत रहेको भन्दै झुक्याइएको तथ्याङ्क राखेर वित्तीय विवरण प्रकाशन गरेको तथ्य प्रमाणित हुनु, बैंकबाट प्रवाह भएको कर्जा फर्जी कागज र कम्पनी खडा गरेर प्रवाह गरेको भेटिनु जस्ता कारणबाट केन्द्रीय बैंकले ग्लोबल आईएमई बैंकलाई कारवाही गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले ग्लाेबल आइएमई बैंकलाई तीन अर्ब रूपैयाँ प्राेभिजन गर्न निर्देशन दिएकाे छ ।

बैंकका वर्तमान सिईओ रत्नराज बज्राचार्यको पालामा यस्तो घोटाला भएको हो वा उनी आउनु पूर्व नै घोटाला गरिएको हो भन्ने तथ्य खुल्न बाँकी छ ।@ beemapost बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *