सवारी साधनमा देवनागरी लिपिका लागि प्रक्रिया शुरु
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सवारी साधनमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया शुरु भएको जनाउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट आज ध्यानाकर्षपत्र बुझ्दै मन्त्री नेम्वाङ्ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट सोबारे निर्देशन प्राप्त भइसकेको र आफूले समेत यातायात व्यवस्था विभागका महानिर्देशकलाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए सो प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइसकेको बताउनुभएको हो । नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि