कुलमान गएसँगै लेखनाथ कोइराला प्राधिकरणको निमित्त कार्यकारी नियुक्त


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त गरिएको छ ।

ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधी भट्ट बताए।

प्राधिकरणको माउ संस्थामा कार्यरत उपकार्यकारी निर्देशकहरुमध्ये वरिष्ठताका आधारमा अर्थ निर्देशनालयका प्रुमख लेखनाथ कोइराला सबैभन्दा सिनियर उपकार्यकारी निर्देशक हुन्।

घिसिङको कार्यकाल सकिएसँगै कोइराला निमित्त कार्यकारी निर्देशक बनेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *