ग्रामीण सडकमा कालोपत्रे
तनहुँ । जिल्लाको व्यास नगरपालिका वडा नं १३ र १४ अन्तर्गत पर्ने गुँदीफच्याङ ग्रामीण कच्ची सडक २८ वर्षपछि कालोपत्रे गर्न थालिएको छ । सदरमुकाम दमौलीदेखि झण्डै १४ किलोमिटर दूरीमा रहेको उक्त ग्रामीण सडक कालोपत्रे गरिन लागेको हो । सो मार्गबाट व्यास नगरपालिका, बन्दिपुर गाउँपालिका हँुदै पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे बजार पुगेर जोडिएको छ । सो सडकमा यसअघि ग्राबेल, नाला निर्माण र आवश्यक स्थानमा ह्युमपाइप राखेर यातायात सञ्चालन भएको थियो । विसं