हरिण मारेको आरोप लागेका सलमान खानलाई अदालतले बोलायो


काठमाडौँ । २२ बर्ष पहिले कालो हरिण शिकार गरेको आ’रोप मामिलामा सलमान खानलाई जिल्ला एवं सत्र न्यायालय जोधपुरले २८ सेप्टेम्बरमा पेश हुन आदेश दिएको छ । सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन सकेन तसर्थ सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको छ ।

अब २८ सेप्टेम्बरमा जोधपुर अदालतमा सलमान पेश हुनुपर्नेछ । यस्तोमा सलमान उपस्थित हुनेछन् वा हाजिरी माफीको अपिल गर्नेछन्, त्यो भने स्पष्ट छैन ।अक्टोबर सन् १९९८ मा जोधपुरमा फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानमाथि जोधपुर नजिकैको कांकाणी गाउँमा दुई कालो हरिणको शि’कार गरेको आ’रोप लागेको थियो । यो मामिलामा लामो कानूनी प्रक्रियापछि अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको थियो ।

यद्यपि, यसका सह आरोपी सैफ अली खान, निलम, तब्बू र सोनाली बेन्द्रेलाई भने छुट दिइएको थियो । सजाय सुनाइएपछि सलमानलाई जेल पठाइएको थियो । हाल उनी जमानतमा बाहिर छन् । सलमानले ट्रायल कोर्टको यो निर्णयलाई चुनौती दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *