फिचर समाचार

भारत-चीनबीच हिंस्रक भिडन्त, २० भारतीय सैनिकको मृत्यु

काठमाडौँ । भारत र चीनबीचको बढ्दो तनाबका बीच लद्दाखको गलवान उपत्यकामा दुबै पक्षका सैनिकबीच हिंस्रक भीडन्त हुँदा २० जना भारतीय सैनिकको ज्यान गएको छ । यसअघि भारतका एक सैन्य अधिकृत र दुई जवानको मृत्यु भएको समाचार आएको थियो । तर न्यूज एजेन्सी एएनआईका अनुसार घटनामा २० जना भारतीय सैनिकको ज्यान गएको बताईएको छ । यो संख्या अझै बढ्न सक्ने पनि बताइएको छ । सन् १९७५ पछि पहिलोपटक भारत चीनबीच सीमामा

‘कोरोनाजन्य मृत्युदर घटाउन सावधानीका यी उपायहरू अपनाउनुहोस्’– जनस्वास्थ्यविद्

नेपालमा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड– १९) का संक्रमित थपिइरहेका छन् । क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थित हुन नसकेको र सरकारले संक्रमित तथा सम्भावित संक्रमितलाई उचित व्यवस्थापन गर्न नसकेकोमा सबैले आलोचना गरिरहेका छन् । यसैबीच कोरोना भाइरसबाट बच्न तथा आत्मविश्वास बढाउन नियमित रचनात्मक सुझाव दिइरहेका जनस्वास्थ्यविद रविन्द्र पाण्डेले क्वारेन्टाइन तथा आइसोलेसनलाई व्यवस्थित गर्न तथा कोरोनाजन्य मृत्युदर घटाउन ध्यान दिनैपर्ने १३ सावधानीका उपाय बताएका छन् । उनले क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने बेला वा

'बिहान ढिलोसम्म सुत्ने मान्छेको दिमाग दुई गुना बढी चल्छ' - अध्ययन

काठमाडौँ । अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले राम्ररी निद्रा पुर्याउन पनि पाउँदैनन् । केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् । प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घण्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् । अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा

न्युजिल्याण्ड छोटो समयमै कोरोनामुक्त हुनुका पाँच कारणहरू

चार चरणको ७५ दिन लामो लकडाउन सकाउँदा न्युजिल्यान्डमा कोरोना सकिएको छ । न्युजिल्याण्डले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको नियन्त्रण सम्भव छ भन्ने सन्देश पनि दिएको छ । औषधी बनिनसकेको कोरोनाभाइरस नियन्त्रण गर्न सरकार चलाउनेले सनक र हचुवाका आधारमा होइन निकै सुझबुझ ढंगले कदम चाल्नु पर्छ भन्ने पाठ पनि न्युजिल्याण्डले विश्वलाई दिएको छ । न्युजिल्याण्डले ७५ दिनमै कोरोनाभाइरसलाई पूर्ण नियन्त्रणमा लिन सक्नुका मुख्य कारणहरू निम्न छन् । १.  तत्काल कडा लकडाउन

बैंक, बित्तीय संस्था र बीमा कम्पनी बिहान ८ बजेबाट बेलुकी ६ बजेसम्म खुल्ने

काठमाडौँ । अब बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू बिहान ८ बजेबाटै खुल्ने भएका छन्। सरकारले लकडाउन खुकुलो पार्दै यी संस्थाहरु दुई सिफ्टमा चलाएर साँझ ६ बजेसम्म खोल्ने निर्णय गरेको हो। सरकारी निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलो सिफ्ट बिहान ८ बजेदेखि १ बजेसम्म सञ्चालन हुने बताए। दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ । ‘भौतिक दूरी कायम गर्दै सुरक्षाका उपायहरु अपनाएर काम गर्ने ब्यवस्था

दार्चुलाका स्थानीय तहहरूले झण्डै १ करोड पर्ने पिसीआर मेसिन किन्दै

दार्चुला । दार्चुलाका नौवटै स्थानीय तहहरूले मिलेर कोरोना संक्रमण भए नभएको थाहा पाउने पिसीआर मेसिन खरिद गर्न भएका छन् । जिल्ला स्तरमा कोरोना परीक्षणका लागि गर्न भरपर्दो स्वास्थ्य सामग्री किन्न लागेको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले बताउनुभयो । कोरोना संक्रमण भए नभएको परीक्षण गर्न स्वाव संकलन गरी पिसीआर प्रयोगशाला धनगढी पठाउनु पर्ने तथा त्यँहा परीक्षण निकै सुस्त गतिमा हुन थालेपछि जिल्लामै स्वाब परीक्षण गर्न नौवटै स्थानीय तह मिलेर पिसिआर मेसिन

पाँच रात लगाएर खिचिएको थियो मुसाको बक्सिङ तस्बिर

बाटोमा दुई वटा मुसा खानाका लागि मानिस जस्तै गरी बक्सिङ खेलिरहेको तस्बिर बेलायतका साम रोली नामका एक फोटोग्राफरले कैद गरेका छन्। उक्त तस्बिर खिच्न उनले पाँच रात लगाएका थिए। त्यही तस्बिरका कारण रोलीले ‘वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर्स अवार्ड’ हात पारेका छन्। उनको त्यो तस्बिर लन्डनको नेचुरल हिस्ट्री म्युजियममा प्रदर्शनीको लागि राखिएको छ।

यी हुन् छाला स्वस्थ र सुन्दर बनाउने फलफूल

फलफूलले हाम्रो छाला स्वस्थ र सुन्दर बनाउने काम गर्छन्। जाडोमा यी फलफूल खानु र लगाउनु अनुहारको छालाका लागि फाइदाजनक छः किवी किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ। अनार अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा रोमछिद्र खुल्छन् र छाला चम्किलो बन्छ। केरा केरामा पोटासियम प्रशस्त मात्रामा हुन्छ। जसले रुखो छालालाई नरम बनाउँछ। केरामा पाइने भिटामिन ई

यी हुन् अमेरिकाकै धनीको सूचीमा परेका प्रविधि जगतका अर्वपतिहरु

विज्ञान तथा प्रविधिको क्षेत्रबाट आफ्नो भाग्य चम्काउन सफल अर्वपतिहरुले यो वर्षपनि अमेरिकाका सबैभन्दा धनी ४ सय मान्छेको सूचिमा आफुहरुलाई अब्बल सावित गरेका छन् । फोब्र्सले सार्वजनिक गरेको अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिको सूचि The Forbes 400 मा प्रविधि उद्योगका हस्तीहरुको बोलवाला रहेको छ । अमेरिकाका सबैभन्दा धनी चार धनाढ्य मध्ये ३ जना त प्रविधि क्षेत्रकै छन् । त्यस्तै कुल ४ सय जनामा ५९ जना प्रविधि क्षेत्रका रहेका छन् ।

ZTE ले ल्यायो पट्याउन मिल्ने स्क्रिन भएको विश्वकै पहिलो स्मार्टफोन

एप्पल र सामसुङलाई माथ दिँदै चिनिया अग्रणी स्मार्टफोन कम्पनी जेड टी इ ले स्मार्टफोन उद्योगमा इतिहास रचेको छ । पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरी उसले स्मार्टफोन जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन मंगलबार अमेरिकामा सार्वजनिक गरेको हो । मंगलबार सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ