बस दुर्घटनामा परी नौ जनाको ज्यान गएपछि दोगडाकेदार गाउँ शोकमा
बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए। सो दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुईरदुई जनाको मृत्यु भयो । बैतडीका मृत्यु हुने तीनै जना एउटै गाउँका रहेका छन् । उनीहरु तीनै जना दोगडाकेदार गाउँपालिका ६ सित्तडका हुन् । मृत्यु हुने तीनै जना २५ वर्षदेखि ३० वर्षमुनिका युवक रहेका छन् । मृत्यु हुनेमा दोगडाकेदार