कञ्चनपुरमा एमाले सांसद र मेयर सवार जिपको ठक्करबाट दुई जना घाइते
महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एमालेका सांसद र मेयर सवार जिपको ठक्करबाट दुई जना घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिका–५ बनसमितिमा बागमति प्रदेश १३७६ नम्बरको सरकारी गाडीले म२प ९९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जना घाइते भएका हुन् । जिपको ठक्करबाट बेदकोट नगरपालिका सुन्दरपुरका राजकुमार राना र करन राना घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार घाइतहरुको टाउको र खुट्टामा चोट लागेको छ ।