सुदूरपश्चिम प्रदेश

पत्रकार कुटपिट गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चार गृहमै गएर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाही हुने बताउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले घटनामा संलग्नलाई कारवाही हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “दिनेश सञ्चार गृहमा भएको आक्रमणका विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारीसँग घटनाबारे जानकारी लिएको छु, घटनामा संलग्नलाई कारबाही गर्न भनेको छु ।” महासङ्घका शाखा अध्यक्ष जगत साउदले ध्यानाकर्षण पत्र बुझाउँदै आक्रमण भएको चार दिन

कुलमानलाई पुनस्नियुक्ति गर्न माग गर्दै जुलुस

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिँएको छ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका घिसिङको कार्यकाल सकिएको हो । कार्यकाल सकिए पनि जनस्तरबाट भने पुनः घिसिङलाई नै निरन्तरता दिन दबाब आइरहेको छ । यसै क्रममा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग राख्दै डडेल्धुरामा राँके जुलुस प्रर्दशन गरिएको छ। नेपाल विद्यार्थी संघ, डडेल्धुराले ‘उज्यालो नेपाल’ बनाउन घिसिङ सफल भएकाले पुनः

पत्रकार महासंघ कैलाली द्धारा मुख्यमन्त्री भट्टको ध्यानाकर्षण

धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचनलाई ध्यानाकर्षण गराएको छ । कैलालीमा पत्रकार र सनचार गृहमा पटक पटक हमला हुन थालेको भन्दै ध्यानाकर्षण गराएको हो । नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउँदले ध्यानाकर्षण बुझाउँदै सचार गृहमा आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेको बताउँदै दोषीमाथि कारवाही हुनुपर्ने माग गरे । दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै महासंघले आन्दोलन

भेरीमा प्लाज्मा थेरापीबाट सफल उपचार भएपछि उत्साह

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट सफल उपचार भएपछि उत्साह जागेको छ । प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको प्लाज्मा थेरापी उपचारका विज्ञ डा खगेन्द्रजङ्ग शाहले बताउनुभयो । भेरी अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमै सफलता पाएको छ । प्लाज्मा विधि सफल भएपछि अस्पतालले अन्य सङ्क्रमितलाई

दार्चुला दुहु गाउपालिका नेकपामा पहिरो सयौ नेताकार्यकर्ता कांग्रेस प्रवेश....

दार्चुला । दार्चुलामाको दुहु गाउपालिकामा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेहरुको लहर नै चलेको छ । सत्ताधारी पार्टी नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने युवाहरुको लर्को लागेको हो । दुहुँ गाउँ पालिका वाड न ५ मा नेपाल महिला संघ र नेपाल दलित संघ वडा कमिटि गठनका क्रममा नेकपा परित्याग गरि नेपाली काग्रेसमा प्रवेश हुने नव अागन्तुक द्राेपति बडाल , कलावति डडाल ,प्रेमराम भूल ,बिरेन्द्र टमटा ,भागरति कुवँर ,कर्ण बहादुर कुवँर

पारिश्रमिकका लागि शिक्षक आन्दोलित

महेन्द्रनगर । लामो समयदेखि पारिश्रमिक नपाएपछि कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । निजी विद्यालयका सञ्चालकले लकडाउनको बहानामा शिक्षकको पारिश्रमिक नदिएको भन्दै आइतबार कञ्चनपुरको भीमदत्तनगरपालिकामा धर्ना दिएका छन् । पारिश्रमिकका लागि सम्बन्धीत निकायसँग हारगुहार गरेपनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको शिक्षक नरेन्द्रसिंह भण्डारीले बताउनुभयो । “यसअघि पनि सम्बन्धीत निकायमा मेहतन गरेर कमाएको पैसा माग्न गुहार गरेका थियौँ”, उहाँले भन्नुभयो, “कहिँबाट सहयोग नमिलेपछि स्थानीय सरकारकोमा आएका हौँ ।” संस्थागत

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा ७३ जनामा कोरोना पुष्टी

धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोशालामा कैलालीका ६९ सहित ७३ जनामा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २ सय ४५ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टी भएको हो । कैलालीका ६९,कञ्चनपुरका ३, डडेलधुराका एक जनामा कोरोना पुष्टी भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । संक्रमण पुष्टी हुनेमा ५० पुरुष,२३ महिला रहेका छन् ।

तरकारीले बजार पाएन

नेपालगञ्ज । बाँकेमा उत्पादन भएको तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि पुर्याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसानहरु बाध्य छन् । “कहिले नेपालगञ्ज क्षेत्रमा निषेधाज्ञा, कहिले कोहलपुरमा, कहिले खजुरामा त कहिले अन्य गाउँपाािलका क्षेत्रमा हुने निषेधाज्ञाका कारण उत्पादन भएको तरकारीले बजार नपाउादा लगानी पनि उठाउन सकिने अवस्था छैन”, कोहलपुरका किसान लक्ष्य खड्काले

पत्रकार कुट्नेलाई पक्राउ गर्न महासङ्घद्वारा प्रशासनलाई अल्टिमेटम

नगढी । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ । पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष जगत साउदले बताउनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ बोहराले दोषीलाई आजसम्म पक्राउ गर्ने आश्वासन दिनुभएको छ । “हामीले सम्पूर्ण तरिकाले अनुसन्धान गरेका छौँ”, उहाँले भन्नुभयो “आइतबारसम्म

दिनेश सञ्चार गृहमा आक्रमण गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता

धनगढी। दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर( ५ बस्ने कुवेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा लगायतका २० जनाविरुद्ध जाहेरी दर्ता भएको हो। सार्वजनिक हितविरुद्धको कसुरमा जाहेरी दर्ता भएको हो। कार्यालयमै पुगेर कुटपिट भएको २० घण्टा पुगेपनि प्रहरीले भने कसैलाई