युग दर्पण

राज्य व्यवस्था सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा

काठमाडौं, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । उनले मंगलबार संसदमा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले छानबिन समितिले समेत आफूलाई दोषी नठहराए पनि उच्च राजनीतिक संस्कार देखाउँदै राजीनामा दिएको बताए ।

कैलाली कारागार झडप : छानबिन गर्न  समिति गठन

काठमाडौं , कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छानबिन गर्नका लागि छानबिन समिति बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति बनेको डीएसपी राज

नौ बुंदे टिकापुर घोषणा पत्र जारी गर्दै सकियो ईको समिट

टिकापुर, कैलाली । नौ बुंदे टिकापुर घोषणा पत्र जारी गर्दै सुदूर युवा ईको समिट सकिएको छ । फोर एच नेपालले आयोजना गरेको समिट १ सय ५० जना युवाको सहभागिता रहेको थियो । टिकापुर सम्पन्न भएको ईको समिटमा सुदुरपश्चिमका नौ आटै जिल्लाबाट प्रतिनिधित्व रहेको सहभागी बसन्त बोहराले जानकारी दिए । समिटको स्थानीय साँझेदार संस्था वन तथा कृषि विश्वविद्यालय फोर एच शाखा र सुदूरपश्चिम विश्वविद्यालय फोर एच शाखा रहेको थियो । सुदूरपश्चिमका

नाउपा ले गर्याे दूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले युगदर्पण डट कमलाई जानकारी दिए । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नाउपाले यो निर्णय गरेको हो ।

सबैलाई अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशब रिसोर्टमा भेटिए

काठमाडौं,अलबिदा लेखेर सम्पर्कविहीन  भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई फेला पारेको हो । उनलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा  भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ । फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो । जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा

भारतमा काेरना संक्रमण बाट ५५ जनाको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमण मामिला बढ्न थालेको छ। हाल भारतमा कोरोनाको सक्रिय मामिला ५ हजार नाघेको छ। भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाको सक्रिया मामिला ५ हजार ३६४ पुगेको छ। यो संख्या धेरैजसो केरलमा पुष्टि भएको छ। केरलापछि सबैभन्दा बढी गुजरात, पश्चिम बंगाल र दिल्लीमा कोरोना संक्रमणको मामिला पुष्टि भएको छ। केरलामा कोरोनाको सक्रिया मामिला १ हजार ६७९, गजुरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्ली

वाइसिएलको केन्द्रीय उप-महासचिवमा दार्चुलाका  बिष्ट चयन

दार्चुला । नेकपा (माओवादी) को युवा संगठन यङ कम्युनिस्ट लिग (वाइसिएल) को केन्द्रीय उप-महासचिवमा दार्चुलाका नरबहादुर बिष्ट चयन हुनुभएको छ । शुक्रवार (हिजो)  सम्पन्न वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट बिष्ट उप-महासचिवमा र्निविरोध चयन भएका हुन् । त्यस्तै वाईसीएलको नयाँ अध्यक्षमा पुष्प ओली चयन भएका छन् भने अध्यक्षकै दाबेदार रहेका कालिकोटका गणेश शाही  महासचिवमा चयन भएका छन् ।

अत्तरिया हाटबजारमा उपलब्ध तरकारी मा भेटियाे अत्यधिक बिषादी प्रयाेग

धनगढी ,कैलाली जिल्लको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित तरकारी हाटबजारमा बिक्रीका ल्याइएका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ। आज अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाईमा गरिएको परीक्षणमा पाण्डेय फलफूल तथा सब्जी पसलमा बिक्रीका लागि राखिएका ६५ किलो बन्दामा विषादी भेटिएपछि नष्ट गरिएको छ। एकाइ कार्यालयका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बन्दामा ९९ दशमलव ११ अर्गानोफस्फेट र एक दशमलव ६१ कार्बामेट विषादीको अंश फेला परेको जानकारी दिए।

बाजुराको बाम्का बजारमा भीषण आगलागी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भीषण आगलागी भएको छ । बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागीबाट १२ भन्दा बढी पसलहरू जलेर नष्ट भएको प्रहरीको अनुमान रहेको छ । आगलागीका कारण लाखौंको क्षति भएको छ । आगो लाग्नुको कारण खुलेको भए पनि के कति क्षति भयो भन्ने बारेमा यकिन

सुदूरपश्चिममा  थप ५ जनामा देखियो कोरोना, जम्मा संख्या८ पुग्यो

धनगढी: सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। भारतसँग जाेडिएकाे गाैरीफन्टा नाकामा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ। भारतबाट फर्किनेहरुको परीक्षण गरिएकोमा थप ५ जनामा संक्रमण पुष्टि भएको हाे। यसअघि  ३ जनामा कोरोना पुष्टि भएकाे थियो। भारतमा काेराेनाकाे नयाँ संक्रमण देखिएका बेला त्यहाँबाट फर्किनेहरूमा समेत संक्रमण देखिन थालेकाे हाे।