युग दर्पण

आज पुन: घट्यो सुनको मूल्य [मूल्यसहित]

काठमाडौं । सुनको मूल्य एकाएक घटेको छ । पछिल्ले डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।गत साउन २३ मा एक लाख ३ हजार पाँच सय पुगेको सुनको मूल्य घटेर हिजो तोलामा १० हजार चार सय रुपैयाँ घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी

एसिड आ’क्रमणविरुद्ध अध्यादेश ल्याइने

काठमाडौं । सरकारले एसिड आ’क्रमणवि’रुद्धको कानुनका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ए’सिड आ’क्रमणविरुद्ध अध्यादेश ल्याउने निर्णय गरेको हो। भदौ २५ गते ए’सिड आ’क्रमणमा परेका पी’डितहरू सहभागी एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आ’क्रमणका दो’षीलाई का’रबाही गर्न १५ दिनभित्र कानुनी मस्यौदा तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। यसअघि सरकारले एसिड आ’क्रमणमा परी घा’इते भएका सबैको जीवनभरको सबै उपचार सरकारले गर्ने निर्णय गरेको थियो। यस्तै

पीसीआरको पीडा

काठमाडौँ । पीसीआर परीक्षणका लागि ‘टोकन’ लिन अघिल्लो दिन बुधबार बेलुकी नै गएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा सुतेकाहरु बिहीबार बिहान ३स्३० बजे मस्त निद्रामा एउटै ब्ल्याङकेटभित्र ५ जनासम्म भेटिए । सामाजिक दूरी र सुरक्षा मापदण्डबिना कोही सुतेका र कोही ननिदाई बसेका सयौं व्यक्ति लाइनमा थिए । अस्पातलले सीमित परीक्षण गर्ने हुनाले सर्वसाधारण अघिल्लै दिनदेखि लाइनमा बस्न बाध्य छन् । एक दिनमा २ सय ८० जनालाई मात्र

आइपिएल: बिराटको बेंगलोरको लजास्पद हार, पंजावको जितमा राहुलको शतकीय पारी

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आइपिएल० को तेह्रौँ संस्करण युएइमा जारी छ । कोरोना महामारीले गर्दा भारतमा खेल खेलाउन सम्भव नभएपछि भारत क्रिकेटको सर्वोच्व निकाय वीसीसिआईले युएइमा खेल खेलाउने निर्णय गरेको हो । आज भएको छैटौं खेलमा किंग्स इलाभेन पंजावले विराट कोहलीको रोयल च्यालेंजर्स बेंगलोरलाई ९७ रनले पराजित गरेको छ। टस हारेर ब्याटिंगको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै २०६ रनको बिशाल योगफल तयार पार्यो । पंजावका

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो

काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँ बताए। प्याजको खरिद मूल्य अनुगमन टोलीले मागेपछि नजिकैको अर्का प्याज पसलले एकाएक डराए । अनुगमन टोलीका एक प्रतिनिधिकाअनुसार सलेज आलु प्याज भण्डारले तत्कालै प्रतिकिलो ६० रुपैयाँमा प्याज बिक्री गर्न थाल्यो । एक पसलमा भएको अनुगमनमा अर्को पसलेले आधी मूल्य घटाएपछि उपभेक्ताहरु हाँस्न थाले ।

तयार रहनुहोस् : स्थगित परीक्षा सञ्चालनबारे यस्तो आयो त्रिविको पछिल्लो अपडेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय ९पनिका०का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी

आज पुन: घट्यो सुनको मूल्य [मूल्यसहित]

काठमाडौं । सुनको मूल्य बिहीबार पनि तोलामा १२ सय रुपैयाँले घटेको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ थियो। मंगलबार पनि सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९७

आइपिएल: हैदराबादलाई लाग्यो ठुलो झड्का

आइपिएल : दुबइमा सुरु भएको इन्डियन प्रिमियर लिग ९आइपिएल० मा सनराइजर्स हैदराबादलाई ठुलो झ’ड्का लागेको छ । आइपिएलमा सहभागी टिमहरु मध्ये सबैलाई टक्कर दिनसक्ने टिमका रुपमा हेरिएको हैदराबादले अलराउण्डर मिचेल मार्सलाई गुमाउने भएको छ । आइपिएल २०२० को पहिलो खेल खेल्ने क्रममा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा घाइते भएका अलराउण्डर मार्सले यो सिजनको बाँकी खेल गु’माउने भएका हुन्। बैंग्लोरविरुद्ध बलिङ गर्ने क्रममा उनको खुट्टामा समस्या देखिएको थियो। यसअघि २०१७ को आइपिएलमा

यस्तो अवस्थामा पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले बताए । त्यस्तै मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ । मन्त्रालयका तथ्यांकअनुसार हाल

चर्को व्याज असुलेको भन्दै माइक्रो फाईनाइन्सका कर्मचारी विप्लव समूहको नियन्त्रणमा

अछाम :अछाममा एनआरएन माइक्रोफाईनाइन्सका एक जना कर्मचारीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार नियन्त्रणमा लिएको छ। कमलबजार नगरपालिकामा कोरोना भाइरसका कारण आमजनताको जीवन गुजारा गर्न समेत गाह्रो भइरहेको बेला चर्को व्याज असुल्न थालेको भन्दै माइक्रोफाईनाइन्सका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ। पार्टीले पटक(पटक विज्ञप्ती र फोन मार्फत कोरोनाको बेला चर्को व्याज नअसुल्न अनुरोध गर्दा पनि अटेर गरेका कारण एनआरएन वित्तिय संस्थाको कर्मचारीलाई नियन्त्रणमा लिएको नेकपा अछाम ९विप्लव०ले जनाएको छ।