युग दर्पण

सर्वोच्चको फैसलाः ‘संविधान मर्मविपरीत भएको हुँदा प्रतिनिधिसभा पुनःस्थापना’

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल रहेको ठह¥याएको छ । विघटनको निर्णय गर्दा नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाको अभाव देखिएको तथा संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल भएको हुँदा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपरेको फैसलामा उल्लेख छ । फैसलामा भनिएको छ, “राष्ट्रपतिसमक्ष गत पुस ५ गतेको सिफारिस तथा सोबमोजिम राष्ट्रपतिबाट सोही मितिमा भएको प्रतिनिधिसभा विघटनको निर्णय, विज्ञप्तिसमेतका तत्सम्बन्धी सम्पूर्ण कामकारवाहीहरु

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् । अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

ओलीको बर्थ–डे मा सर्वोच्चको सरप्राइजः भयो संसद पुनःस्थापना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७० औँ बर्थ–डेमा सर्वोच्च अदालतबाट सरप्राइज पाएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको संसद विघटन गर्ने निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो। मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर

संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता

संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

काठमाडौं । महानयायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्रीको कानुनी सल्लाहकारको पदबाट राजीनामा दिएका छन् । कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले सर्वोचच अदालतमा काम गर्न नसकेको भन्दै झपारेका थिए । उनले झपारेपछि पदबाट राजीनामा दिएको बुझिएको छ । तर, उनको राजीनामा भने स्वीकृत गरिएको छैन । राजीनामा स्वीकृत गर्दा आफ्नो स्थिति कमजोर हुने र रक्षात्मक अवस्थामा पुग्ने भएकाले उनको राजीनामा भने प्रधानमन्त्रीले स्वीकृत गरेका छैनन् । आगामी निर्वाचनमा झापाबाट चुनाव लड्‍नका लागि तयारी गर्ने

किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ

धनगढी । बैतडेली चेली किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ बन्न सफलहुनु भएको छ । उहाँ सुदूरपश्चिमबाट खुलाप्रतिस्पर्धाबाट उप सचिवपदमा पास हुने पहिलो महिला पनि हुनुुहुन्छ । गृह मन्त्रालयले जोशीलाई डोटी जिल्लाको सहायक सीडिओका रुपमापदस्थापना गरेपछि उहाँ सोमबार डोटी जिल्लाप्रशासनकार्यालयमाहाजिर हुनु भएको छ ।उहाँलाई डोटीका प्रमुखजिल्लाअधिकारी भीमप्रसाद भट्टराई लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीले स्वागत गर्नुभएको छ । गृह मन्त्रालयको माघ २८ गतेको निर्णय अनुसार डोटी जिल्लाको सहाय सीडिओमा पदस्थापना

प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसला सही गर्नेछ :प्रचण्ड

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको शान्तिपूर्ण आन्दोलनबाट जसरी पनि जित्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘पुस ५ गतेदेखि आज फागुन ११ गतेसम्म हामी नयाँ युद्ध लडिराखेका छौँ । देशव्यापी युद्ध चलिराखेको छ । तपाईँ हामी सबै युद्धमै छौँ । राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोजिँदैछ । हामी रक्तपातहीन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौँ ।’ धेरै दुःखले पार्टी

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्यालले भने सर्वोच्च अदालत पछाडि नेपाली सेनाले भोगचलन गरिरहेको जग्गाको विषयमा कुराकानी गर्न प्रधानसेनापति थापा सर्वोच्च पुगेको बताए । सर्वोच्चको अहिलेको भवनपछाडि नयाँ भवन बन्दैछ । त्यसका लागि नेपाली सेनाले अहिले भोगचलन गरिरहेको केही जग्गा छोडिदिनुपर्ने भएको उनले बताए । तर सर्वोच्च

सूर्या लाइफद्धारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

धनगढी । सुर्या लाइफले अभिकत्र्ता सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले उक्त कार्यक्रम आज धनगढीमा आयोजना गरेको थियो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कम्पनीका प्रदेश प्रमुख जगदिश प्रसाद भट्ट को उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ता, उत्कृष्ट एजेन्सी म्यानेनजर हरुलाइ सम्मान गरिएको छ । त्यस्तै, कम्पनीले बिमाको इतिहासमा पहिलो पटक सूर्या चौरासी पुजा जिबन बिमा योजना को बारेमा बरिष्ट सहायक महाप्रबन्धक