प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् ।
अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको चेतावनी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *