युग दर्पण

प्रस्तावित प्रधानमन्त्रीमा देउवाः ओलीविरुद्ध अविश्वासको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते संसद विघठन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै एउटा खेमाका रूपमा रहेको प्रचण्ड–माधव समूहले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्‍यो। प्रधानमन्त्रीको उक्त कदमलाई असंवैधानिक ठहर्‍याउँदै सर्वोच्च अदालतले खारेज गरेसँगै संसद पुनर्जिवित भएको छ। अहिले प्रचण्ड–माधव समूहले त्यतिखेर दर्ता गरेको अविश्वासको प्रस्ताव के हुने भन्नेमा धेरैले चासो व्यक्त गरेका छन्। तर, प्रचण्ड–माधव समूहले भने दर्ता भएको उक्त प्रस्तावलाई अहिले फिर्ता गर्ने भएका छन्।

एशियन लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८७ रुपैयाँसम्म पाउ

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५र७६ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७५र२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको फागुन ९ गतेको पत्र मार्फत स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । बीमालेसावधिक जीवनख कम्पनीले न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि

३७ हजार ५ सयले पाए महिला लघुवित्तको आईपीओ, नतिजा हेर्न भने समस्या

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर ९आईपीओ० ३७ हजार ५ सय लगानीकर्ताले हात पारेका छन् । शुक्रबार बिहान भएको बाँडफाँटमा गोलाप्रथाबाट ३७ हजार ५ सय जनालाई १० कित्ताका दरले आईपीओ परेको हो । कम्पनीको शेयर १५३ जना कर्मचारीका लागि ५ हजार कित्ता सेयर बाँडफाँड भएको छ । सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट भएको कम्पनीले ननाएको छ । महिला लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल

दीर्घायुको लागि सहयोगी हुन सक्छ केही मिनेटको कडा व्यायाम : अध्ययन

चार मिनेटको कडा व्यायाम जीवनकाल बढाउनको लागि सहयोगी बन्न सक्छ । यो सुन्दै अचम्म लाग्न सक्छ । तर यो कुनै अनुमान नभएर एक वैज्ञानिक अध्ययनबाट पत्ता लागेको विषय हो । यदि हाम्रो हृदयको गतिलाई नियमित अभ्यासको माध्यमबाट बढाउन सकियो भने हाम्रो दीर्घायुको लागि यो सहयोगी बन्न सक्छ भन्ने कुरा नयाँ अध्ययनले देखाएको हो । यसको लागि एकदिनमा चार मिनेटको कडा व्यायाम राम्रो विकल्प बन्न सक्छ । व्यायाम र मृत्युको सम्बन्धको

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले पाँच बजे मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले यही फागुन ११

सत्ता साझेदारीका लागि नेकपाको दौडधुप सुरु

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार निर्माण र सत्ता साझेदारीका लागि दौडधूपमा छन् बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका दाहाल–नेपालले बिहीबार जनतासमाजवादी पार्टी ९जसपा०का नेतालाई भेटेर सरकार निर्माणमा सहभागी हुन र सहकार्य गर्न आग्रह गरेका छन्। नेकपा कार्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग

‘बी’ डिभिजन लिग विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । ब्वाइज युनियनको जितमा टङ्कबहादुर स्याङ्तानको थप एक गोल रहेको थियो । खेलको २६औँ मिनेटमा कप्तान स्याङ्तानले पहिलो गोल गर्नुभएको थियो । दोस्रो हाफमा राईले ब्वाइजका लागि खेलको ६४औँ मिनेटमा दोस्रो गोल गर्नुभयो

भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये झण्डै ९० प्रतिशत सङ्क्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार नयाँ देखिएका अधिकांश सङ्क्रमितहरु ती प्रदेशमा रहेकाले कुल सङ्क्रमितको सङ्ख्या पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् । देशको महाराष्ट्र, केरला, पन्जाव, मध्य प्रदेश, तमिलनाडु, गुजरात र छत्तिसगढ प्रदेशमा ९० प्रतिशत सङ्क्रमितहरु रहेको अधिकारीहरूको भनाइ छ । भारतमा अहिले पनि एक लाख ५१ हजार ७०८ जना सक्रिय सङ्क्रमित

ऋण सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल बैंकर्स सङ्घकाबीच लघु, घरेलु, साना तथा मझौला उद्यमको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायत सेवा प्रवाहमा सहजीकरण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र बैंकर्स सङ्घका अध्यक्ष भुवनकुमार दाहालबीच आज हस्ताक्षर भएको हो । दुवै संस्थाबीच भएको समझदारीअनुसार वाणिज्य बैंक र साना तथा मझौला उद्यमबीच कर्जालगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाइ समाधान गर्दै सहजीकरण गरिनेछ । त्यसका

कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी नेकपा को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सम्पन्न पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । नेता महतले भन्नुभयो, “नेकपा कसरी अघि