बैबाहिक बर्षगाँठ  मा जीवनसाथीलाई जीवन बीमा पोलिसी उपहार


दार्चुला । जीवन बीमा आम जनताको दैनिकीसँग जोडिने क्रम जारी छ । अमूल्य जीवनमा बचत र दुर्घटनावश हुने मृत्युमा आर्थिक रक्षावरणलाई आम जनताले खुशीसँग साट्ने अभ्यास बढ्दै जाँदा जीवन बीमाको पहुँच गाउँका दुर दराजदेखि सम्पन्नशालीहरुको घरमा प्रवेश गर्न थालेको छ ।
यसैक्रममा दार्चुलाका एक दम्पत्तिले बैवाहिक दिवसको अवसरमा दश लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएर भविष्य अझै सुनिश्चित गरेका छन् । लेकम गाउँपालीका ५ स्थाइ घर भइ हाल नेपालगञ्ज बन्ने राधा जोशी ले आफ्ना पति जयानन्द जोशी १० लाख बराबरको सुरक्षा हुने जीवन बीमा पोलिसी उपहार दिएकी हुन् ।
सूूर्या लाइफ इस्योरेन्सको बुुटवल शाखामार्फत जीवन बीमा पोलिसी खरिद गरी कँडेल दम्पत्तिले आर्थिक रुपमा आफ्नो भविष्य अझै सुनिश्चित गरेका छन् । गत वर्ष मात्रै विवाह बन्धनमा बाँधिएको उक्त जोडीकी सुशिलाले जीवन साथीलाई पहिलो विवाह बर्षगाँठमा उपहार स्वरुप सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ‘सूर्या बार्षिक अग्रिम भुक्तानी’ नामक जीवन बीमा पोलीसी उपहार दिएकी हुन् ।
सूूर्या लाइफ इस्योरेन्सको दार्चुला शाखामार्फत जीवन बीमा पोलिसी खरिद गरी जोशी दम्पत्तिले आर्थिक रुपमा आफ्नो भविष्य अझै सुनिश्चित गरेका छन् । २० वर्ष पहिले विवाह बन्धनमा बाँधिएको उक्त जोडीकी राधाले जीवन साथीलाई बिर्सौ विवाह बर्षगाँठमा उपमहार स्वरुप सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ‘सूर्या बार्षिक अग्रिम भुक्तानी’ नामक जीवन बीमा पोलीसी उपहार दिएकी हुन् ।
पछिल्लो समय सूूर्या लाइफ इन्स्योरेन्स दार्चुला शाखाले बीमा व्यवसायमा छलाङ मार्दैछ । सो कम्पनीको दार्चुला शाखा कार्यालयका बरिष्ठ ऐजेन्सी मेनेजर मदन राज जोशीले जीवन बीमा पोलिसी उपहार दिने क्रम बढेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *