युग दर्पण

हेमबहादुर मल्ल सम्मानबाट डा दास सम्मानित

काठमाडौै । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनमा नेतृत्वदायी क्षमता प्रदर्शन गरेका डा गौरी शङ्करलाल दासलाई ‘हेमबहादुर मल्ल सम्मान, २०७५’ प्रदान गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा नेपाल जनप्रशासन सङ्घले स्थापना गरेको उक्त रु दुई लाख राशीको सम्मान दासलाई आज प्रदान गरिएको हो । विसं १९८२ असोज १० गते सिरहाको इनरुवामा जन्मनुभएका वरिष्ठ छाती रोग विशेषज्ञ डा दास ९६ वर्षको उमेरमा पनि सामाजिक अभियान्ताका रुपमा चिनिनुहुन्छ ।

सर्वोच्च अदालतले धर्म निर्वाह गरेको छः पूर्वराष्ट्रपति डा. यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वोच्च अदालतले आफ्नो धर्म निर्वाह गरेको बताउका छन्। उनले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन आयोग निष्पक्ष हुनुपर्ने बताए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा आज आयोजना गरेको महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले भने, “संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको छ । अब लोकतन्त्र रहेसम्म कसैले

प्रधानमन्त्री शितलनिवासमा

काठमाडौँ । संसद पुनःस्थापना भएपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली केहीबेरअघि शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ। सर्वोच्चको फैसलाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै प्रतिनिधि सभाको बैठक बोलाइसक्नु पर्नेछ।

यस्तो छ उत्कृष्ट चारमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको प्राविधिक अवस्था

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले यस वर्ष प्रगति राम्रो गरेको देखिएको छ । यस कम्पनीका केही प्राविधिक पक्ष हेर्ने हो भने पनि १९ जीवन बीमा कम्पनीमा चौँथो स्थानमा रहेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले माघ मसान्तसम्म २ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जसमा कम्पनीले माघ अन्तिमसम्म १ अर्ब ४३ करोड पहिलो बीमा शुल्क आर्जन गरेको छ भने यस अवधीमा १ अर्ब ३२ करोड

सत्ता समीकरणको कसरत: प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल

काठमाडौं । नेकपाको प्रचण्ड(माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि प्रचण्ड(नेपाल समूहले नयाँ सरकार

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने तय भएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज स्थायी कमिटीको बैठक नबस्ने जानकारी दिए । ‘आज बैठक नबस्ने भयो, एक(दुई दिनपछि बस्छ,’ थापाले भने । बुधबार बसेको

नेकपा दुवै समूहको आआफ्नै रणनीति :प्रधानमन्त्रीले संसदको सामना गर्ने, दाहाल—नेपाल समूहले कांग्रेससँग सहकार्य गर्ने

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन्। दाहाल नेपाल समूहले वर्तमान परिस्थितिको विश्लेषण गर्दै कांग्रेसलगायत सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने रणनीति बनाएको छ भने ओली पक्षले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै संसदमा नै सामना गरेर अघि बढ्ने योजना बनाएको छ। ५ पुसमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको

सर्वोच्चको आदेशपछि शून्य समय मा गरिएका संवैधानिक नियुक्ति स्वतः खारेज हुने

काठमाडौं। प्रतिनिधिसभा पुन:स्थापना भएसँगै संसदीय सुनुवाइ छलेर संवैधानिक निकायमा गरिएका नियुक्ति बदर हुन्छन् या हुन्नन भन्ने कुराकाे चर्चा हुन थालेकाे छ । कानून व्यवसायीहरूले भने प्रतिनिधिसभा पुन:स्थापना भएसँगै त्यसरी संसदीय सुनुवाइ छलेर गरिएका नियुक्ति खारेज हुने बताउन थालेका छन्। सर्वोच्च अदालतले ५ पुसदेखि नै प्रतिनिधिसभा जीवित रहेको फैसला सुनाएकाले त्यसयता भएका नियुक्ति स्वतः अवैध हुने उनीहरूको तर्क छ। सुनुवाइ गर्न संसदीय समितिलाई ४५ दिन म्याद हुन्छ, तर संवैधानिक परिषद्ले पठाएको पत्र

डा. केसीको अनशन स्थगित

काठमाडौँ । प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याइदिएकाले सत्याग्रह स्थगित गरिएको केसीले बताएका छन् । तर आफूसँग विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर रहने केसीले उल्लेख गरेका छन् । डा। केसीले प्रतिनिधिसभा पुनर्स्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट पार पाइनसकेको भन्दै उनले अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओलीको जस्तै

जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को परीक्षाको तयारी

काठमाडौं – एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसईई० र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । बोर्डका उपाध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा