संख्यामा सानो छौँ तर, हाम्रो भूमिका ठूलो छ -नेता पौडेल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताको मोह राख्न नहुने बताए। उनले प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने भन्दै यस्तो टिप्पणी गरेका हुन्। बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले यतिबेला नेपाली जनताले कांग्रेससँग धेरै आशा राखेको भन्दै कांग्रेसले प्रतिपक्षी भूमिकाबाट हलचल गर्न नहुने बताएका हुन्। उनले भनेका छन्, ‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ। यद्यपि हामी सानो संख्यामा










