१७ किलोग्राम अवैध यार्सागुम्बा सहित एक जना पक्राउ


दार्चुला, कार्तिक ०२ गते स् १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सदरमुकाम खलंगाको घाट बजारबाट शनिवार दिउसो ३ बजेतिर हुम्ला जिल्ला नाम्खा गाउँपालिका–३ का ३५ वर्षिय डोकार लामालाई अवैध यार्सागुम्बा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।
झोला बोकी हिडिरहेका लामा माथी प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट अवैध यार्सागुम्बा बरामद गरेको उहाले बताउनुभयो । लामाको साथमा रहेको झोला प्रहरीले बरामद गर्दा रातो प्लाष्टिकमा बेरेर राखेको अवस्थामा उक्त परिमाणको अवैध यार्सागुम्बा भेट्टीएको सुचना अधिकारी एवं प्रहरी निरिक्षक चन्दले जानकारी दिनुभयो ।
अवैध यार्सागुम्बा सहित पक्राउ परेका लामा र यार्सागुम्बालाई आवश्यक कारबाहीका लागी जिल्ला वन कार्यालय दार्चुलालाई बुझाएको उहाले बताउनुभयो । लामा संग यार्सा संकलन, निकासी तथा छोडपुर्जी कुनै पनि नभेट्टीएको उहाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *