प्रहरी दिवसको दिन चार लाख घुससहित हवल्दार पक्राउ, डिएसपी पनि छानबिनमा


काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले प्रहरी हवल्दारलाई चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । सियारी गाउँपालिका–७ स्थित खनाल मिठाइ पसलबाट हवल्दार शिवचन्द्र साहनी र उनकी पत्नी निर्मला केवटलाई रंगेहात पक्राउ गरेको हो । प्रहरी दिवसकै दिन हवल्दार घुससहित पक्राउ परेका हुन् ।


पक्राउ परेका एक अभियुक्तलाई छुटाइदिने भन्दै उनले घुस लिएका थिए । सो प्रकरणमा इप्रका बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरमाथि समेत छानबिन हुने आयोगका एक अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *