फिचर समाचार

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरिएको छ। विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल पुन: सुरू गर्ने निर्णय गरेको विमानस्थल कार्यलयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। विमानस्थल मंगलबार दिउसोदेखि बन्द गरिएको थियो। यससँगै अब अन्तर्राष्ट्रिय उडानहरू नियमित हुनेछन्। आन्तरिक उडान भने भोलिबाट नियमित हुने वायुसेवा कम्पनीहरूले बताएका छन्।

देशभर  कर्फ्यु आदेश जारी , सेनाद्वारा सहयोगको अपिल

काठमाडौं , नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने जानकारी गराइएको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ

विना काम घरबाहिर ननिस्कन सेनाकाे आग्रह, सडकमा सेना

काठमाडौं । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ । अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । विभिन्न राजनितीक दलका नेताहरूले राजिनामा दिन सुझाव दिएका थिए।

धनगढीस्थित आर्जु राणाको घरमा आगजनी

धनगढी, धनगढीस्थित परराष्ट मन्त्री आर्जु राणाको घरमा अागजनी भएकाे छ। धगगढीमा रहेका जेन्जी युवाहरूले मङ्गलवार राणाको घरमा आगो लगाएका हुन्। धनगढी–४ उत्तरबेहडीमा रहेको राणाको घरमा आक्रोशित युवाहरूले आगो लगाएका हुन्। युवाहरूले धनगढीमा शेरबहादुर देउवा, आर्जु राणा, प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड विरुद्ध नाराबाजी गरेका छन्। युवाहरूले सरकारले आन्दोलनमा चरम दमन गरेको भन्दै उग्र नारा लगाएका छन्। युवाहरूले धनगढीस्थिति मुख्यमन्त्री कार्यालयमा पनि तोडफोड गर्ने प्रयास गरेका थिए। भ्रष्टाचार विरुद्ध आन्दोलन गर्दा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द  गरिएको हो । आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।

ओली निवास बालकोटमा आगजनी

काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । अहिले प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं ,जेनजी आन्दोलनमा आज ठूलो मानवीय क्षति भएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। मन्त्रिपरिषदको आज साँझ बसेको बैठकमा लेखकले राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको हुन्। त्यसअघि लेखकले आफ्नो पार्टी नेपाली कांग्रेसलाई पदमा नबस्ने जानकारी गराएका थिए।

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई काम गर्न दिन सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

काठमाडौं ,सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनः शरद ओझालाई नै अध्यक्षको हैसियतमा काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । यही भदौं २२ गते ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अध्यक्ष ओझामाथि गठित छानविन समिति र नयाँ अध्यक्ष नियुक्तीका लागि गठित समितिका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदीले ओझालाई पूर्ववत रुपमा अध्यक्षको हैसियतमा काम गर्न अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएकी हुन्

दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक