फिचर समाचार

ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरुरी : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताएका छन् । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उनले जोड दिए । जेष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा ३१ मा सञ्चालित शिव महापुराण धार्मिक समारोहको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले जेष्ठ नागरिकहरूलाई संगठित गरी उनीहरुका समस्याको पहिचानको साथै समाधानका उपायको खोजी गर्नुपर्ने बताए ।

रास्वपाको नाम र चुनाव चिह्न फेर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ । स्वयंलाई सामाजिक अभियन्ता बताउँदै आएका युवराज सफलले आयोगमा बिहीबार दर्ता गराएको निवेदनमा पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारको वैधानिक अधिकार र पहिचानमा असर पुर्‍याएको उल्लेख गरिएको छ । सफलले दलसँग आफ्नै विचार, सिद्धान्त र नीति हुने भएकाले कुनै पनि दल स्वतन्त्र हुन नसक्ने उल्लेख गरेका छन्

शैल्यशिखरमा दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरी २६ लाख ‘स्वाट’

दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकाले दरबन्दी भन्दा बढी कर्मचारी नियुक्त गरेको भेटिएको छ ।  महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार शैल्यशिखर नगरपालिकाले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी नियुक्त गरी नियमविपरीत तलबभत्ता भुक्तानी गरेको तथ्य सार्वजनिक भएको हो । प्रतिवेदनअनुसार नगरपालिकाले दरबन्दी भन्दा १२ जना बढी कर्मचारी नियुक्त गरी २६ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरेको हो ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को धारा ५३ अनुसार स्थानीय तहले स्थायी प्रकृतिका कामका लागि

नाउपा ले गर्याे दूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले युगदर्पण डट कमलाई जानकारी दिए । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नाउपाले यो निर्णय गरेको हो ।

कैलालीमा नवजात शिशुलाई नालामा छाड्ने आमा पक्राउ।

कैलालीमा नवजात शिशुलाई नालामा छाड्ने आमा पक्राउ। धनगढीको वडा न १४ एच गाउँ स्थित साइनोचोक नजिकै बेवारिसे अवस्थामा शिशु छाडेकी आमालाई इ प्र का बहुलियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ। पक्राउ परेकी नवजात शिशुकी आमाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गत जेठ १२ गते स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इ प्र का बहुलियालाई खबर गरेका थिए। प्रहरीले शिशुलाई सकुशल उद्धार गरी सोही

भारतमा काेरना संक्रमण बाट ५५ जनाको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमण मामिला बढ्न थालेको छ। हाल भारतमा कोरोनाको सक्रिय मामिला ५ हजार नाघेको छ। भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाको सक्रिया मामिला ५ हजार ३६४ पुगेको छ। यो संख्या धेरैजसो केरलमा पुष्टि भएको छ। केरलापछि सबैभन्दा बढी गुजरात, पश्चिम बंगाल र दिल्लीमा कोरोना संक्रमणको मामिला पुष्टि भएको छ। केरलामा कोरोनाको सक्रिया मामिला १ हजार ६७९, गजुरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्ली

बाजुराको बाम्का बजारमा भीषण आगलागी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भीषण आगलागी भएको छ । बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागीबाट १२ भन्दा बढी पसलहरू जलेर नष्ट भएको प्रहरीको अनुमान रहेको छ । आगलागीका कारण लाखौंको क्षति भएको छ । आगो लाग्नुको कारण खुलेको भए पनि के कति क्षति भयो भन्ने बारेमा यकिन

सुदूरपश्चिममा  थप ५ जनामा देखियो कोरोना, जम्मा संख्या८ पुग्यो

धनगढी: सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। भारतसँग जाेडिएकाे गाैरीफन्टा नाकामा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ। भारतबाट फर्किनेहरुको परीक्षण गरिएकोमा थप ५ जनामा संक्रमण पुष्टि भएको हाे। यसअघि  ३ जनामा कोरोना पुष्टि भएकाे थियो। भारतमा काेराेनाकाे नयाँ संक्रमण देखिएका बेला त्यहाँबाट फर्किनेहरूमा समेत संक्रमण देखिन थालेकाे हाे।

इण्डियन आइडल पवनदीप कार दुर्घटनामा गम्भीर घाइते

काठमाडौं । इण्डियन आइडल पवनदीप राजन कार दुर्घटनामा गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशको अमरोहामा उनी सवार कार दुर्घटना भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार हाल उनको उपचार नोयडाको फोर्टिस अस्पतालमा भइरहेको छ र उनको अवस्था स्थिर छ । सोमबार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप र उनका दुई साथी सवार कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनमा ठोक्किएको थियो । पवनसँगै उनका दुई साथीहरु पनि घाइते

एलिना चौहानले दर्ता गरिन काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो’ श्रेष्ठले भने, ‘अब उहाँको पतिको नाममा म्याद जारी हुन्छ । पतिले म्याद बुझेर प्रत्युत्तर दिनुभयो भने सोहीअनुसार प्रक्रिया