नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारी दोषी ठहर
काठमाडौं ,ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले घुससम्बन्धी तीनवटै मुद्दामा अधिकारीलाई दोषी ठहर गरेको हो । जेठ, २०८२ मा अख्तियारले विशेष अदालतमा तीनवटा मुद्दा दायर गरेको थियो, ती मुद्दाहरूमा गरिएको दाबी अनुसार, नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीले ७४ लाख रुपैयाँ घुस खाएका थिए । दुई









