रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं ,राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले यो राजीनामालाई दलीय राजनीतिबाट तत्कालका लागि बिदा भनेका छन् । शनिबार सामाजिक सञ्जालबाट मिश्रले राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामा दिए पनि राजसंस्था पुनर्स्थापना र सुशासनलगायतका मुद्दाप्रतिका आफ्ना अडान यथावत रहेको बताएका छन् ।

बझाङमा एमालेका ऐन महर विजयी

फागुन, काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाट खाता खोलेको छ । बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उनले १८ हजार ५४३ मत ल्याएका छन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत ल्याएका छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले नौ हजार २६३ मत

डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी

फागुन, काठमाडौं । सुदूरपश्चिमको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार  भरतबहादुर खड्का विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतको झिनो मतले हराउँदै विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित निर्वाचित भएका छन् । एमाले उम्मेदवार धामीले १४ हजार ११० मत पाएका छन् ।

कैलाली–१ मा रास्वपाकी ज्ञवाली विजयी

धनगढीः प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छिन्। ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी भएकी हुन्। ज्ञवालीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ९४५ मत प्राप्त गरेका छन्। टीकापुर नगरपालिकाको नगर प्रमुखको पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका रामलाल डगौराले आठ हजार ३९२ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले चार हजार ४९३ मत पाएका

डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका जोशीको अग्रता

डडेलधुराः डडेलधुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ताराप्रसाद जोशीले ११ हजार ८०१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका नैनसिंह महरले ७ हजार ७२८ मत पाएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका मानसिंह माल ५ हजार ७८४ मत ल्याएका छन् त्यस्तै नेकपा (एमाले) का चक्रप्रसाद स्नेहीले २ हजार २९५मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायतले २४५ मत पाएका छन्। एक मात्र

निर्वाचनका लागि तीन दिन सार्वजनिक विदा दिन सरकारलाई सिफारिस

धनगढी ,निर्वाचन आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको छ। २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक विदा दिन सिफारिस गरिएको आयोगले जनाएको हो ।

रास्वपा परित्याग गरेका नेताहरूले गरे देश बुझेका पुराना व्यक्तिलाई मत दिन अाग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ‘देश बुझेका पुराना व्यक्तित्व’लाई मत दिन मतदातासँग आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले चटकदार अनुहार र भावनात्मक नाराभन्दा नीति, अनुभव र देशबोधका आधारमा निर्णय लिन अपिल गरे। रास्वपाबाट  अलग भएका बागमती प्रदेशका पूर्व उपसभापति दिनेश हुमागाईंले अध्ययन–विश्लेषण गरेर मात्रै मतदान गर्नुपर्नेमा जोड दिए। उनले रास्वपा आफ्नो मूल सिद्धान्त र नीतिबाट

बैतडीकाे बढ्गाउँमा जन्ती बोकेको बस दुर्घटना

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो । सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए । दुर्घटना भएको जानकारी पाएपछि पुर्चाैडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ, स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन्, १५ जनालाई नजिकैको

डडेल्धुरामा स्कारपियो दुर्घटना, पाँच जना घाइते

धनगढी ,डडेल्धुरामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्ला निर्वाचन कार्यालय डोटीको सरकारी गाडी डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–११, रडुवा खोला नजिक केआईसिंह राजमार्गमा दुर्घटनामा परेको हो। डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको स्कारपियो अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनामा घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ घर भई डोटीमा निर्वाचन अधिकृतका रूपमा कार्यरत ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भई सशस्त्र प्रहरी बल ३६ नं.

रेशम चौधरीको उम्मेदवारी रद्द

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालविक्रम थापाको उम्मेदवारीविरुद्ध परेको उजुरीका सम्बन्धमा भने निर्वाचन आयोग छलफलमै छ । पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो त्यसमध्ये तीन वटा उजुरी नै खारेज भइसकेको छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रास्वपाका उम्मेदवार राजीव खत्री