रास्वपा परित्याग गरेका नेताहरूले गरे देश बुझेका पुराना व्यक्तिलाई मत दिन अाग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ‘देश बुझेका पुराना व्यक्तित्व’लाई मत दिन मतदातासँग आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले चटकदार अनुहार र भावनात्मक नाराभन्दा नीति, अनुभव र देशबोधका आधारमा निर्णय लिन अपिल गरे। रास्वपाबाट अलग भएका बागमती प्रदेशका पूर्व उपसभापति दिनेश हुमागाईंले अध्ययन–विश्लेषण गरेर मात्रै मतदान गर्नुपर्नेमा जोड दिए। उनले रास्वपा आफ्नो मूल सिद्धान्त र नीतिबाट










