पेट्रोलमा प्रतिलिटर २० र डिजलमा २९ रुपैयाँ मूल्य घट्यो


काठमाडाैं– सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मेलन गरी करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । मन्त्री बडूका अनुसार डिजलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ ।

कर कटौती भएसँगै अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजल प्रतिलिटर १ सय ६३ पर्नेछ । अहिले पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजल/मट्टीतेल प्रतिलिटर १ सय ९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *