महाकाली नगरपालिका र नगरप्रमुखविरुद्ध नगरबासिले गरे मुद्धा दायर


काडमाडौं– दार्चुलाको महाकाली नगरपालिका र नगर प्रमुखविरुद्ध अदालतमा मुद्धा दायर भएको छ । महाकाली नगरपालिका–५ का स्थानीयहरुले जिल्ला अदालत दार्चुलामा मुद्धा दायर गरेका हुन् ।

स्थानीयहरुलाई जानकारी नदिएर महाकाली नगरपालिकाले आफ्नो मनोमानी ढङ्गले स्थानीयहरुका घर जग्गामा असर पर्नेगरी महाकाली नदीबाट बालुवा, गिट्टी उत्खनन् गर्न टेन्डर खोलेको भन्दै महाकाली नगरपालिका–५ का स्थानीयहरुले महाकाली नगरपालिका र नगरप्रमुख नरसिंह चैसिरविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता गराएको स्थानीय भोजराज बडूले जानकारी दिए ।

राजनैतिक आग्रहपुर्वाग्रह र विभिन्न बाहानामा स्थानीयहरुलाई कुनै जानकारी नदिएर सिधै रुपमा नगरपालिकाले टेन्डर खोलेको वडा नम्बर ५ का स्थानीय शेखर चन्द्र बडुले बताए । ‘नजिकको सरकार भनेको स्थानीय सरकार हो, स्थानीय सरकारले नै हामीमाथि अन्याय गरेको छ ।

राजनीतिक पुर्वाग्रह राखेर हामीमाथि घात भएको छ । सामाजिक सद्भाव खल्बलाउने काम गरिएको छ, स्थानीयले आक्रोश पोख्दै भने ।’ २०८० असारमा ४ गते महाकाली नगरपालिका नगर प्रमुख सदस्य रहेको जिल्ला समन्वय समिति प्रमुख महादेब बडूको संयोजकत्वमा बैठक बसी खेट्टेबगर क्षेत्रमा कटानको जोखिम रहेकाले नदीजन्य तथा खनिजजन्य पदार्थ उत्खनन, संकलन र बिक्रि गर्न उपयुक्त नरहेको भन्दै बन्द गरेको थियो ।

तर, समितिको बैठकमा नगरप्रमुख चैसिर आफै उपस्थित भई हस्ताक्षर समेत गरेका थिए । नगरपालिकाले नियम विपरित स्थानीयहरुलाई पन्छाएर २०८० माघ २ गते प्रथम पटक बोल पत्र सम्बन्धि सूचना प्रकाशित गर्यो । यसरी मौलिक हकमा अघात पुग्नेगरी नगरपालिकाले मनोमानी र नियमको ठाडो उल्लघंन गरेको स्थानीयहरुको रीट निवेदनमा छ ।

यस बिषयमा नगरपालिकाका प्रमुख चैसिरलाई बुझ्दा नियम कानून र अध्ययन गरेर बोलपत्र आह्वान गरेको बताए । कसैको घर जग्गामा क्षति पुग्ने गरी काम गर्ने होईन्, अध्ययन गरेर काम गर्ने नगरप्रमुख चैसिंरले भने । यस्तै उनले आफूविरुद्ध मुद्धा दर्ता रहेको पनि केहि जानकारी नभएको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *