प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनाउने दुई कम्पनीबीच सहमति, हस्ताक्षर एक हप्ता भित्रै


काठमाडौं । बीमा समितिले पुँजि बृद्धिको आतंक फैलाएपछि मर्जरमा प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीचमा मर्जर हुने भएको छ । दुवै कम्पनीले एक साताभित्रैमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् ।

दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ राखिनेछ । बीमा समितिलाई जसरी पनि चाहिएको मर्जर पूरा गर्न दुई कम्पनीहरु तयार भएका हुन् । बीमा समितिले तोकेको पाँच अर्ब चुक्ता पुँजि पुर्याउन आईपिओ अघि नै पुँजि बृद्धि गर्ने निर्णय गरेको महालक्ष्मी लाइफको चुक्ता पुँजि छिट्टै तीन अर्बभन्दा माथि हुनेछ ।मर्जरमा जाँदा पुँजिका कारण प्रभु लाइफलाई महालक्ष्मी लाइफले डोमिनेट गर्नेछ भने आईपिओ जारी नभएको कम्पनीले कसरी मर्जरमा जाने भन्ने अर्को कानुनी समस्या समेत उत्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *