एमाले बैतडीको अध्यक्षमा युवा नेता गाेबिन्द गिरी काे उम्मेदवारी


धनगढी: एमाले बैतडीको नवौं अधिवेशनको तयारी पूरा भएको छ। भोलिदेखि पाटनमा शुरु हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको हो।

अधिवेशनको उद्घाटनका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बैतडी पुगिसकेका छन्। अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन्। यस्तै अधिवेशनबाट अध्यक्ष बन्नका लागि आधा दर्जन जतिले इच्छा प्रकट गरेका छन्।

जसमध्ये युवा तथा विद्यार्थी नेता एवं अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरीले आफ्नो सशक्त दाबेदारी रहेको  बताए। उनले आफू उम्मेदवार रहने बताउँदै सहमतिमै नेतृत्व चयनको प्रयास गरिने जनाए। उनी युवाहरू माझ लोकप्रिय मानिन्छन्।

उनीसहित नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट र हजारी साउँद लगायतले पनि अध्यक्षमा आकांक्षा देखाएको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *