दुर्गेश थापाले ल्याए ‘ह्याप्पी तिहार २’ (भिडियो हेर्नुहोस्)


काठमाडौँ । गायक तथा मोडल दुर्गेश थापाको ‘ह्याप्पी तिहार २’ गीतको भिडियो सार्वजनिक भएको छ । दुर्गेश सहित पल शाह, योगेश काजी र शिव विक फिचर्ड गीतको भिडियो रमाइलो बनेको छ ।

‘ह्याप्पी तिहार २’मा दुर्गेश थापाको शब्द तथा संगीत छ । स्वरमा योगेश काजीले साथ दिएका छन् । एरेञ्ज सहस शाक्यको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् । गत साल दुर्गेशले ल्याएको ह्याप्पी तिहार चिसो वियर विवादमा परेको थियो ।

भिडियोः 

Leave a Reply

Your email address will not be published. Required fields are marked *