केन्द्रिय कार्यालयका लागि घर खोज्दै सूर्या लाइफ

केन्द्रिय कार्यालयका लागि घर खोज्दै सूर्या लाइफ, कम्पनीको वेवसाइट मार्फत शिलबन्दी प्रस्ताव गर्न पाउने

काठमाडौं । सूर्या लाइफले केन्द्रिय कार्यालय सार्ने भएको छ । कम्पनीले केन्द्रिय कार्यालयको लागि काठमाडौं तथा ललितपुरको रिङरोडभित्र वा सो आसपासको क्षेत्रमा सडक, पानी, विजुली, टेलिफोन तथा ढलको राम्रो व्यवस्था भएको घर भाडामा लिनका लागि सार्वजनिक सूचना मार्फत घरवेटी सँग प्रस्ताव आह्वान गरेको छ । कम्पनीले १५ /२० वटा कार तथा ५०/५५ वटा मोटरसाइकल पार्किङ गर्ने स्थान सहित ९ हजार स्क्वायर फुटको घर वा फ्ल्याट भाडामा लिन खोजेको हो ।