इन्धनको मूल्य घट्दैन : आयल निगम

इन्धनको मूल्य घट्दैन : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नघट्ने बताएको छ । इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत् राख्नुपर्ने अवस्था रहेको निगमले बताएको हो । निगमले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।’ इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आइओसी)लाई अझै २३ अर्ब बक्यौता बाँकी