पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । यस्तै सडकखण्डअन्तर्गत