नेपाल शिक्षक संघ ले गर्याे शिक्षक सहकारी कैलाली लाई सम्मान
धनगढी, नेपाल शिक्षक संघ केन्द्रीय कार्यसमितिले आदर्श शिक्षक बचत तथा ऋण सहकारी कैलालीलाई सम्मानित गरेको छ। आज काठमाडौंमा आयोजित विशेष समारोहबीच उक्त सहकारीलाई सम्मानित गरिएको हो। शिक्षक संघ कैलाली मातहतमा रहेको उक्त सहकारीले शिक्षकहरूको हकहितका लागि उत्कृष्ट काम गर्दै आएको भन्दै सम्मानित गरिएको शिक्षक संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिए। ‘नेपाल शिक्षक संघ संघीय कार्यसमितिको निर्णयानुसार आफ्ना सदस्यहरूको आर्थिक विकासमा सहयोग पुर्याउँदै संगठनलाई मजबुत बनाउनका लागि चलाइएको शिक्षक सहकारी अभियानलाई










