समाज/अपराध

पाकिस्तानको मदरसामा विस्फोट, सातको मृत्यु, ११२ घाइते

एजेन्सी । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मङ्गलबार बिहान भएको घटनामा परी अरु ११२ जना घाइते भएका छन् । स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मका बारेमा विशेष कक्षा सञ्चालन भइरहेका बेलामा विस्फोटन भएको हो । विस्फोटनमा परी मृत्यु भएका र घाइते भएका सबै विद्यार्थी रहेको जनाइएको छ । घटनास्थलमा शङ्कास्पद झोला भेटिएको र घटनाका बारेमा पूर्ण अनुसन्धान शुरु

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ। भट्टराई र पूर्वमन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड(१९ को संक्रमण भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शीघ्र स्वास्थ्य लाभको कामना गरेको भट्टराईको सचिवालयले जानकारी दिएको छ। साथै पत्रमा भट्टराईले केहीअघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गर्नुभएको सम्बोधनको प्रशंसा पनि गरिएको छ।

सिकालीको प्रसाद प्रधानमन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आइतबार सिकाली जात्राको प्रसाद हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए। आइतबार बिहान खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी देवताका खलकले प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए। स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै प्रधानमन्त्री ओलीले देवता खलकको हातबाट प्रसाद भने ग्रहण गरेनन्। सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी

खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ । सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । यसको चौतर्फी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरेको थियो । तर आइतबार मन्त्रालयको

हाँसको मूल्यवृद्धि, व्यापारमा ह्रास

काठमाडौँ । कोरोना संक्रमणको जोखिमका कारण यसपटक दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ । विभिन्न जिल्लाबाट काठमाडौंमा हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् । विगतमा भन्दा मूल्य पनि बढेको र संक्रमणको जोखिमका कारण ग्राहकहरु नआएकाले व्यापार कम भएको व्यापारीहरुले बताए । काठमाडौंको सुन्धारामा हाँस बिक्रीका लागि आएका वीरगन्जका बुखल साहले यसपटक हाँसको व्यापार कम भएको बताए । यस वर्ष हाँसको मूल्य पनि बढेको छ । गत

नेकपाको सत्ता उन्माद पर्सामा देखियोः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्सामा भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएको छ। नेकपाको सपथग्रहण कार्यकर्ताहरूबीच झडप हुँदा भएको एकजनाको मृत्युको जाहेरी प्रहरीले नबुझेपछि कांग्रेसले ध्यानाकर्षण गराएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। ुनेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौं ? पर्साको घटनामा प्रधानमन्त्री एवम् नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँछौुं, उनले भनेका छन्। नेकपाका स्थानीय दुई समूहबीच पर्सामा बिहीबार झडप

संक्रमित हरेक नागरिकको उपचारको यथोचित प्रबन्ध सरकारले गर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने बताउनुभएको छ कुनैपनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व भएको उहाँले स्मरण गर्नुभयो । उहाँले अहिले कोरोना महामारीबाट जनताको जीवनरक्षा गर्नुपनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको बताउनुभयो । ‘यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनैपनि बहानामा पछि हट्दैन’(उहाँले भन्नुभएको छ । शुक्रबार बडादशैंको उपलक्ष्यमा देशबासीका नाममा

गोली हानेर भाग्ने भारतीय नागरिकलाई प्रहरीले पक्रियो

वीरगन्ज । बाराको नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले गोली हानेर एक भारतीय युवकलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको जिल्ला मोतिहारी पूर्वी चम्पारणको दुधीअवा गाउँ घर भएका २८ वर्षीय वृृजकिशोर कुशवाहा रहेका छन्। बाराको कचोर्वा प्रहरी चौकीबाट बुधबार दिउँसो प्रहरी हवल्दार छोटेलालप्रसाद यादवको नेतृत्वमा खटेको प्रहरी टोलीले कुशवाहालाई एक थान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित पक्राउ गरेको हो । सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलस्थित

दार्चुलामा समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला  । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द

असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

धनगढी । धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २०