समाचार

धनगढीमा उपभोग्य बस्तुको मूल्य वृद्धि, बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

चाडबाड नजिकिए सँगै धनगढी बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि हुने क्रम बढ्न थालेको छ  । अहिले नेपालीहरूको महान् चाड दसैँ, तिहार छठ लगायतका पर्वहरू नजिकिँदै गर्दा धनगढीका विभिन्न पसलहरूमा समानहरूको मूल्य वृद्धि भइरहेको उपभोक्ताहरूको गुनासो रहेको छ । पछिल्लो समय धनगढीका बजारहरूमा अनुगमन फितलो हुँदा किराना समान, लुगा कपडा लगायतका अन्य दैनिक उपभोग्य समानहरूमा व्यापारीहरूले  मूल्य वृद्धि गर्दै आएको धनगढीमा डेरा गरी बस्दै आएका कृष्ण बोहराले गुनासो गरेका छन्  ।

बेलायतमा कोरोनाका कारण एक लाख ३५ हजार बढीको मृत्यु

बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३५ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा थप १६४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३५  हजार १४७ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । पछिल्लो महिनामा बेलायतमा कोरोनाका कारण मृत्यु हुने डर ४७ प्रतिशत बढेको अधिकारीहरुले बताएका छन् । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ३० हजार १४४ जना नयाँ संक्रमित थपिएका

अन्तरिक्षमा ९० दिन बसेका तीन चिनियाँ यात्री पृथ्वी फिर्ता

एजेन्सी । चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन्। उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए। चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो-१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए। यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखाउँछ । न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रवार स्थानीय समयानुसार दिउँसो १:३५ भित्री मंगोलियाको गोबी मरुभूमिमा अवतरण

रौतहटको देवाही गोनाहीमा बालिका डुबेर मृत्यु

रौतहटको देवाही गोनाही नगरपालिकामा पछिल्लो ३ दिनभित्र ३ बालिकाको डुबेर ज्यान गएको छ। पोखरीमा डुबेर २ बालिकाको ज्यान गएको २४ घन्टा नबित्दै फेरि अर्की बालिकाको डुबेर मृत्यु भएको हो ।  देवाही गोनाही नगरपालिका वडा नं.६ कर्कच करमहियाका स्थानीय मोहन साहको छोरी साढे दुई बर्षकी ज्योति कुमारी साहको हिजो साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँ नजिकै रहेको नहरमा जमिएको पानीमा डुबेर  बालिका साहको मृत्यु भएको हो । ईलाका

बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु

बर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए । एसपी कार्कीका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान

सुदूरपश्चिममा अधिकांश नागरिकले घरैमा रोजगारी पाएः त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमका अधिकांश नागरिकले घरैमा रोजगारी पाएको बताएका छन्। जोरायल गाउँपालिका–२ बुडरमा आज मालिका अर्गानिक कृषि तथा पशुपालन फार्मले सञ्चालन गरेको जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।  सुदूरपश्चिममा हाल विभिन्न उद्योग र कलकारखाना सञ्चालन भएकाले अधिकांश नागरिकले घरैमा रोजगारी पाएको मुख्यमन्त्री भट्टको दाबी छ। यस्तै युवा उद्यमीलाई प्रदेशमै स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो सहुलियत ऋण तथा रोजगारमूलक कार्यक्रम दिने योजना बनाएको उनले

धार्मिक सम्प्रदायलाई देश सुम्पिँदा लेबनान कसरी बर्बाद भयो ?

लेबनान ! मध्यपूर्वको सुन्दर देश ! इजरायल र सिरियाको बीचमा रहेको र भूमध्य सागरसँग जोडिएको आकर्षक पर्यटकीय गन्तव्य ! तर, सुन्दर देश लेबनान अहिले आर्थिक–राजनीतिक कुरुपतामा जेलिएको छ । बितेका कयौँ दशकदेखि संकटको छायाँमा छोपिएको छ र लेबनानको सुन्दरता धुमिल हुँदै गइरहेको छ । लेबनान विश्वमै सबैभन्दा खराब आर्थिक संकटको गर्तमा भासिएको छ । आर्थिक संकटमात्रै होइन, स्वास्थ्य समस्या र फोहोरबाट सृजित खराब समस्या लेबनानमा विकराल बनिसकेको छ । मानिसहरूले

ओखलढुङ्गामा प्रहरीलाई टिकटक चलाउन बन्देज

ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्यिूटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य

कक्षा १२ को उत्तरपुस्तिकाको टिकटक

कक्षा १२ को उत्तरपुस्तिकाको भन्दै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भिडियो भाइरल भएको छ । कक्षा १२ को परीक्षासँग सम्बन्धित ३/४ वटा भिडियो सामाजिक सञ्जालहरुमा देखिएका छन् । जसमध्ये एउटामा राष्ट्रिय परीक्षा बोर्ड लेखिएको उत्तरपुस्तिका पल्टाइरहेको देखिन्छ । विद्यार्थीलाई मोबाइल राख्न नपाउने र उत्तरपुस्तिका परीक्षा हलबाहिर लैजान नपाउने व्यवस्था हुँदा पनि भिडियो कसरी बन्यो भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानबिन गर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । ‘अब कहाँ र कसले

साढे पाँच सय वर्ष पुरानो लास, तर बढिरहेको छ कपाल र नङ

छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित गयू गाउँमा ५५० वर्ष पुरानो संरक्षित शव अर्थात् ममी छ । उक्त गाउँ स्पिति उपत्यकाको चिसो मरुभूमिमा समुद्र सतहभन्दा १ हजार ४९९ मिटर उचाइमा अवस्थित छ । भारत र चीनको सीमामा रहेको सो गाउँ आफ्नो प्राकृतिक सुन्दरताका लागि चर्चित छ । अझ सो गाउँमा रहेको साढे ५ सय वर्ष पुरानो शव हेर्नका लागि संसारभरका मानिसहरु आउने गरेका छन् । स्पिति घाटीको प्राचीन ताबो गुम्बाभन्दा करीब